Lifestyle Portal
  •   १० जेष्ठ २०७९, मंगलवार

नेयमार र मेस्सीबिनै पिएसजीकाे पाँचौ जित

२७ भाद्र २०७८, आईतवार ०८:४१

इटाली । स्टार खेलाडी नेयमार र लिओनल मेस्सीबिनै फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार पाँचौ जित निकालेको छ ।

शनिबार राति भएको खेलमा क्लेरमोन्ट फुटलाई ४-० गोल अन्तरले पराजित गर्दै पिएसजी पाँचौ जित निकालेको हो ।

लिगमा अपराजित यात्रा कायम गर्ने क्रममा एन्डर हरेराले दुई गोल गर्दा केलियन एमबाप्पे र इद्रिस्सा गाना गुइएले एक/ एक गोल थपे ।

स्टार खेलाडी नेयमार र मेस्सी भने विश्वकप छनोट खेलेर पेरिस झरे पनि मैदान उत्रन पाएका छैनन् ।

खेलको २० र ३१औँ मिनेटमा हरेराले लगातार गोल गर्दै पेरिसलाई २-० को अग्रता दिलाए । खेलको ५५औँ मिनेटमा एमबाप्पेले गोल गरे भने ६५औँ मिनेटमा इद्रिस्साले गोल गर्दै पिएसजीलाई ४-० को जित दिलाए ।

जितसँगै पिएसजीले पाँच खेलमा १५ अंक जोड्दै शीर्ष स्थानमा छ । क्लेरमोन्ट फुट पाँच खेलमा आठ अंक जोडेर दोस्रो स्थानमा छ । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जोर्डन (Jordan)ले ईरानको राष्ट्रीय महिला फुटबल (Iran women football) टोलीमाथी महिलाको भेषमा पुरुष खेलाडी राखेर खेलाएको आरोप लगाएको छ ।

सातौ श्रृंखलाको टि-२० विश्वकप क्रिकेट २०२१ (T20 World Cup 2021) को नयाँ विश्वविजेता घोषणा भइसकेको छ । आइतबार यूनाइटेड अरब

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै