बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल, खेलाडी हेरफेरकाे सम्भावना कति ?


काठमाण्डौ । पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध जित निकालेको नेपाली महिला फुटबल टोली आज आइतबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा नेपाली टाेली जितकाे यात्रालाई निरन्तरता दिने याेजनामा छ ।

पहिलाे मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी सविता रानामगर र प्रीति राईको गोलले नेपालले जितेकाे थियाे । दोस्रो खेलमा नेपालको सुरुवाती ११ मा परिवर्तनकाे सम्भावना न्यून छ ।

पहिलो मैत्रीपूर्ण खेलमा लेफ्ट ब्याक हिराकुमारी भुजेल घाइते भए पनि उनी अभ्यास सत्रमा सहभागि भएकी छन । यसअघि हिराको स्थानमा सृजनाले डेब्यु गरेकी थिइन् ।

प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो मैत्रीपूर्णसमेत सोही सेट उतार्न सक्छन् । खेल अनुकूल नभएमा उनले नयाँ खेलाडी डेब्यु गराउन सक्छन् ।

पहिलो मैत्रीपूर्णमा सविता र प्रीतिसहित रस्मी घिसिङ र सृजना सिंहले डेब्यु गरेका थिए ।

आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला टिमले घरेलु मैदानमा बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलको हो ।

एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपाली टिमले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ ।


Loading comments...