Lifestyle Portal
  •   ६ आश्विन २०७८, बुधबार

पूर्वका माओ तथा ‘साइनिङ पथ’ आन्दोलनका नेता गोन्जालोको निधन

२७ भाद्र २०७८, आईतवार ०९:०८

एजेन्सी, लिमा । पेरूको साइनिङ पथ आन्दोलन तथा पूर्वका माओ भनेर चिनिने अबिमाइल गजम्यान गोन्जालोको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा पेरुको एउटा अस्पतालमा निधन भएको हो । आतंकबाद र देशद्रोह अभियोगमा उनलाई सन् १९९२ मा तत्कालिन सरकारले पक्राउ गरी आजिबन काराबासको सजाँय सुनाएको थियो । यही जुलाईमा स्वाथ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको सुरक्षामा खटिएको प्रहरीको एउटा ठूलो समूह अस्पतालमा तैनाथ गरिएको थियो ।

उनले नेतृत्व गरेको पेरूको माओवादी गुरिल्ला समूह र पेरू सरकारका सेनाबीच भएको एक दशक भन्दा बढी लामो गृहयुद्धमा ७० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । गोन्जालो पक्राउपछि विद्रोही समूहलाई ठूलो क्षति भएको थियो । समूहका सदस्यहरु अहिले पनि पेरुको केही क्षेत्रमा सक्रिय छन् ।

को हुन गोन्जालो (Abimael Guzman Gonzalo)?
विश्व विद्यालयका पूर्वप्राध्यापकसमेत रहेका गोन्जालोले सन् १९६० को दशकमा माओवादी लडाकू समूह गठन गरेका थिए । सन् १९८० को दशकमा गुरिल्ला समूहमा रुपान्तरण भएको सो समूहले पेरू सरकारबिरुद्ध रक्तपातपूर्ण युद्ध गरेको थियो । दश हजार बढी गुरिल्लाको युद्धका कारण सन् १९८० को अन्ततिर पेरू सरकारले झन्डै घुडाँ टेकेको थियो । एक दशक लामो युद्धमा ७० हजारको मृत्यु भएको थियो । सन् १९९२ मा त्यहाँको एक सैन्य अदालतले गोन्जालो र उनका सहयोगी एलिना इपारागुरीलाई पक्राउ गरी आजिवन काराबासको सजाय सुनाएको थियो । उनको पक्राउसँगै पेरुको माओवादी आन्दोलन पनि तितरबितर बन्न पुग्यो । अहिले कोकिन उत्पादन हुने क्षेत्रमा केही विद्रोहीले आफ्ना गतिविधि बढाए पनि लडाकु समूह पूर्णरुपमा कमजोर बनेको छ ।

माओवादबाट उत्प्रेरित गुरिल्ला समूहले जनयुद्धमार्फत पेरुको ‘बुर्जुवा प्रजातन्त्र’ समाप्त गरी कम्युनिस्ट राज्य स्थापनाको प्रयास गरेको थियो । साइनिङ पथले सुरुमा निःशस्त्र आन्दोलन सुरु गरेको थियो ।

पाशविक द्वन्द्वको श्रृंखला
१२ वर्षदेखि शासन गरेको पेरूको सेनाले सन् १९८० मा प्रजातान्त्रिक निर्वाचन गर्न अनुमति दिएपछि ‘टर्निङ पोइन्ट’ आएको थियो । साइनिङ पाथले निर्वाचन बहिस्कार मात्र गरेन् कतिपय क्षेत्रमा विथोल्ने प्रयास गर्यो । कम्युनिष्ट राज्य स्थापना गर्नु सो समूहको उद्धेश्य थियो । तसर्थ, उसले प्रजातान्त्रिक निर्वाचप्रति खासै चासो देखाएन । बरु पेरुका ग्रामिण क्षेत्रलाई कब्जा गरी आफ्नो शासन चलायो र आफ्ना बिरोधीको हत्या गर्न थाल्यो । शृंखलाबद्ध बिस्फोट र हत्याका घटनाले सन् १९८० को दशकमा सरकार यो समूहसँग झन्डै घुडाँ टेकेको थियो । तर, १९९२ गोन्जालो पक्राउपछि समूह कमजोर बनेको थियो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । बिपि कोईराला क्यान्सर अस्पताल भरतपुरका तत्कालिन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी नुवाकोट बिदुर नगरपालिका-१२

नेपालमा ज्यादै चल्ने विचारहरू मध्ये बामपन्थी बिचार पनि एक हो। अर्को शब्दमा भन्ने हो भने यो विचार अहिले अग्रपङ्कतिमा छ।

प्राकृतिक चिजबिजहरु प्रयोग गरि गरिने घरेलू उपचार यस्तो उपचार हो जुन घर मैं सजिलै उपलब्ध सामाग्रीहरुबाट तयार हुन्छ । जस्तो

काठमाण्डौ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ ।