Lifestyle Portal
  •   ६ आश्विन २०७८, बुधबार

गाउँमा आइरन चक्की छैन, तर म्याद गुजारेर ३० लाख चक्की जलाएर खरानी

२७ भाद्र २०७८, आईतवार ०९:१२

हेमन्त केसी, जाजरकोट । जाजरकोटका गाउँवस्तीमा आइरन चक्कीको अभाव छ । तर, स्वास्थ्य सेवा कार्यालय जाजरकोट भने चक्की गाउँघरका स्वास्थ्य संस्थामा पुर्‍याउँदैन, बरू म्याद गुजारेर जलाउँछ । यो हरेक वर्षजसो दोहोरिने घटना हो ।

स्राेतका अनुसार पछिल्लो पटक ३० लाख आइरन चक्की जलाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख टिकाराम जैसीसँगसम्पर्क गर्न खोज्दा फोन सम्पर्क भएन ।

गर्भवती र किसोरीलाई आइरन चक्की निःशुल्क उपलब्ध गराउने सरकारको नीति छ । सुत्केरी अवस्थामा रक्तअल्पता हुने भएकाले आइरन चक्की प्रयोग गरिन्छ ।

साउनमा भेरी नगरपालिकाले स्वास्थ्य सेवा कार्यालयसँग आइरन चक्की माग्दा उपलब्ध गराएको थिएन । अहिले जिल्लाका ६ वटा पालिकामा रहेका स्वास्थ्य संस्थामा आइरन चक्कीको चरम अभाव छ ।

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले आइरन चक्की जलाएको विषयमा आफूलाई जानकारी नभएको बताए । न्यूजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । बिपि कोईराला क्यान्सर अस्पताल भरतपुरका तत्कालिन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी नुवाकोट बिदुर नगरपालिका-१२

नेपालमा ज्यादै चल्ने विचारहरू मध्ये बामपन्थी बिचार पनि एक हो। अर्को शब्दमा भन्ने हो भने यो विचार अहिले अग्रपङ्कतिमा छ।

प्राकृतिक चिजबिजहरु प्रयोग गरि गरिने घरेलू उपचार यस्तो उपचार हो जुन घर मैं सजिलै उपलब्ध सामाग्रीहरुबाट तयार हुन्छ । जस्तो

काठमाण्डौ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ ।