Lifestyle Portal
  •   २० आश्विन २०७९, बिहीबार

तालिवानद्वारा प्रदर्शनमा उत्रिएका चार जनाको हत्या, हिंसा रोक्न राष्ट्रसंघको माग

२७ भाद्र २०७८, आईतवार ०९:५१

लोकप्रिय

एजेन्सी, जेनोभा । अफगानिस्तानमा तालिवनको विरोध प्रदर्शनका उत्रिएकालाई गोली प्रहार गरिएको छ । तालिवानले काबुल कब्जा गरेपछि स्वतन्त्रता र अधिकारको माग गर्दै महिलालगायत बिभिन्न समूहले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न तालिवान लडाकुले कोर्रा, ढुंगा र बन्दूक समेत प्रयोग गरेका छन् । तालिवानको आक्रमणमा हालसम्म चार प्रदर्शनकारीको ज्यान गएको राष्ट्रसंघले जनाएको छ ।

प्रदर्शनकारीमाथि भएको आक्रमण र दमन रोक्न राष्ट्रसंघले अफगान सरकारसमक्ष माग गरेको छ । ‘अधिकार माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका व्यक्ति र उनीहरुको समाचार लेख्ने सञ्चारकर्मीमाथि गरिएको दमन र पक्राउ तत्काल रोक्न आह्वान गछौं,’ राष्ट्रसंघको मानवअधिकारसम्बन्धी उच्चआयुक्तका प्रवत्ताले एक विज्ञप्तिमा भनेकी छिन् ।

अफगानिस्तानका विभिन्न प्रान्त नियन्त्रणमा लिएका तालिवानले १५ अगस्टमा राजधानी काबुल कब्जा गरेका थिए । लगत्तै अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सेनाले राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सेना स्वदेश फर्काउन थालेको थियो । दुई सातामा एक लाख बीस हजार जनाले काबुल छोडेका थिए ।

यसैबीच, राष्ट्रसंघको खाद्य कार्यक्रमले अफगानिस्तानका ९३ प्रतिशतमा पर्याप्त खानाको अभाव भएको जनाएको छ । अफगानिस्तानको सम्पूर्ण जनसंख्या गरिबीमा धकेलिन सक्ने वाल स्ट्रिट जर्नलको एक रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन

भारत, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १०० औं स्वतन्त्रता दिवस आउनु अघिसम्म सरकारले नव भारत बनाउने लक्ष्य

भारतको हरियाणास्थित सोनीपतमा राष्ट्रिय कुस्तीवाज निशा दहिया, उनको २१ वर्षिय भाई, ८ वर्षिय एक बालक तथा आमा लगायत घरका ६

एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका