Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

आज पनि संसद् बैठक, अवरोध पुर्‍याउने एमाले रणनीति

२७ भाद्र २०७८, आईतवार ०९:५६

काठमाण्डौ । प्रतिनिधिसभाको नवौँ अधिवेशनको बैठक आज आइतबार पनि बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलो संसद् बैठक आज अपराह्न १ बजे बस्न लागेको हो । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनका बैठक बस्दैछन् ।

सरकारले प्रमुख प्रतिपक्षी दल एमालेको विरोध र नाराबाजीका बावजुत शुक्रबार मात्र प्रतिस्थापन बजेट ल्याएको थियो, भने त्यसको अघिल्लो दिन राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस भएको थियो ।

एमालेले पार्टीका तत्कालीन १४ सांसद्को कारबाही सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै रुष्ट छ । दल विभाजन भइसकेपछि मात्रै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना सुनाएपछि एमाले निरन्तर सदनमा विरोध गर्दै आएको छ ।

शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले पनि सदनमा विरोध कायमै राख्ने तर संसदीय मर्यादाको ख्याल गर्न पनि सांसदहरूलाई निर्देशन दिएको छ ।

एमाले सांसद नारदमुनी रानाले संसदमा भइरहेको विरोधको जिम्मेवार सभामुख सापकोटा रहेको बताए । ‘सभामुखले गल्ती स्वीकार नगरेसम्म बैठक चल्न दिँदैनौ, आजको बैठकमा पनि अवरोध गर्छाै,’ उनले न्युज कारखानासँग भने ।

सभामुख सापकोटाले भनेअदालतमा विचाराधीन मुद्दाको विषयमा संसदमा छलफल हुन नसक्ने बताउँदै आएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ। रेल्वे अध्यादेश, २०७८ लगायतका दर्जन अध्यादेश पेस गर्ने कार्यसूची छ । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

सन्तोष देवकोटा । भारतका प्रभावशाली दुई युवा नेता कन्हैया कुमार तथा जिग्नेश मेवाणीले मंगलबार राजनीतिको आगामी यात्राका लागि भारतीय कांग्रेस

प्रकाश तिम्सिना/न्युज कारखाना, सुनसरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा

काठमाण्डौ । दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवासमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार

गोर्खा । १४औं महाधिवेसनअन्तर्गत गोरखामा पालिकास्तरीय अधिवेशन सकिएको छ । शनिबार केही पालिकामा सर्वसम्मत र कतै मतदानमार्फत नेतृत्व छनौट गरिएको