Lifestyle Portal
  •   ६ आश्विन २०७८, बुधबार

अफगानिस्तानलाई सहयोग गर्न दातृ राष्ट्रहरुको सम्मेलन, ६० करोड डलर जुटाउने लक्ष्य

२८ भाद्र २०७८, सोमबार १५:३०

एजेन्सी, जेनेभा । द्वन्द्वका कारण आर्थिक संकटमा परेको अफगानिस्तानलाई सहयोग प्रदान गर्ने उद्देश्यले राष्टसंघले आज सहायता सम्मेलन गर्दैछ । राष्ट्रसंघले विभिन्न दातृ राष्ट्रहरुबाट अफगानिस्तानमा तत्काल ६० करोड डलर जुटाउने लक्ष्य राखेको छ । तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ मानवीय संकट उत्पन्न भएको छ ।

गत महिना तालिवानले सत्ता कब्जा गर्नुअघि १ करोड ८० लाख अफगानी वैदेशिक सहयोगमा निर्भर थिए । खडेरी, खाद्यन्न तथा पर्याप्त रकमको अभावका कारण वैदेशिक सहयोगमा निर्भर हुने अफगानीको संख्या अझै बढी हुन सक्ने राष्ट्रसंघको अनुमान छ ।

पश्चिमा मुलुकको सहयोगमा स्थापित अफगान सरकार ढलेसँगै दातृ राष्ट्रले अफगानिस्तानबाट सहयोगको हात झिकेका छन्, जसका कारण राष्ट्रसंघ दबाबमा छ । राष्ट्रसंघका महासचिब एन्टोनियो गुटरेसले अफगानिस्तानमा आर्थिक सहयोग जुटाउन राष्ट्रसंघले प्रयास गरिरहेको बताएका छन् ।

दातृ राष्ट्रहरुको सम्मेलनमा महासचिव गुटरेस, रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रमुख पिटर माउरेर र एक दर्जनभन्दा बढी देशका सरकारका प्रतिनिधि सहभागी हुँदैछन् । सम्मेलनमा जर्मन विदेशमन्त्री हेइको मास पनि उपस्थित हुनेछन् ।

राष्ट्रसंघले दातृ राष्ट्रबाट जुटाउने रकममध्ये एक तिहाई रकम विश्व खाद्य कार्यक्रमले प्रयोग गर्नेछ । एक सर्बेक्षणअनुसार ९३ प्रतिशत अफगानी पर्याप्त खानाबाट बञ्चित छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी, प्योङयाङ । उत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त भट्टी विस्तार गरेको स्याटलाईट तस्बिरमा देखिएको छ । उत्तरका पछिल्ला गतिविधिले

एजेन्सी, काठमाण्डौ । चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको एतिहासिक परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने

आम्सटर्डम, एजेन्सी । अफगास्तिानको मामिलामा विवाद बढेपछि नेदरल्यान्डकी विदेशमन्त्री सिग्रिड कागले राजीनामा दिएकी छिन् । अफगान उथलपुथलपछि पदबाट राजीनामा दिने

एजेन्सी, प्योङयाङ, ३० भदौ उत्तर कोरियाले दुई ओटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा ती मिसाइल