Lifestyle Portal
  •   २ जेष्ठ २०७९, सोमबार

कोभिडका कारण बन्द गरिएको हलेसी मन्दिर चार महिनापछि खुल्याे

२८ भाद्र २०७८, सोमबार १५:५५

खोटाङ, न्युजकारखाना । कोभिड-१९ को दोस्राे लहरका कारण चार महिनादेखि बन्द खोटाङको हलेसी मन्दिर खुला गरिएको छ ।

जिल्लामा कोभिड-१९ को संक्रमण दर घट्दै गएको तथा संक्रमण दर न्यून रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा संयोजकत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकको निर्णय अनुसार सोमबार बिहानदेखि हलेसी खुला गर्दै पूजाआजा सुरु गरिएको हो । यसअघि १५ वैशाखदेखि हलेसीमन्दिरसँगै गुफा बन्द गरिएको थियो ।

कोभिडसम्बन्धी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्नेगरी मन्दिर खुला गरिएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए । हलेसी महादेव मन्दिरमा भीडभाड हुन नदिन र दर्शनार्थीलाई दर्शन गर्ने उपयुक्त व्यवस्थापनमा हलेसी मन्दिर व्यवस्थापन समिति, हलेसी महादेवस्थान विकास समिति र नगरपालिकाले सहकार्य गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमाले १५९ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एमाले १८२ ठाउँको उपमेयर र