Lifestyle Portal
  •   ९ कार्तिक २०७८, मंगलवार

आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

२८ भाद्र २०७८, सोमबार १६:२२

काठमाण्डौ । ICC WORLD CRICKET – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित श्रृंखला आज साेमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिका (Nepal vs USA भिड्दै छन् ।

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

नेपाल र अमेरिका दुबै खेल जित्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपालले श्रृंखलाका चार खेल नै जिते छनोटको सम्भावना रहन्छ । त्यसैले नेपाली टोलीको ध्यान नै अमेरिका र ओमानलाई पराजित गर्दै तालिका सुधार गर्ने हुनेछ ।

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकासँगको खेल सा्चेको सजिलो नहुने बताएका छन् । उनले अंक तालिकाको दोस्रो स्थानमा रहेको टिमसँग खेल्न कठिन हुने बताए । नेपालले अन्तिम पटक अमेरिकालाई घरेलु मैदानमा पराजित गरेको थियो ।

यसअघि नेपाली टोलीले लिग-२ को खेल तयारीका लागि पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण श्रृंखला खेलेको थियो । नेपालले दुबै श्रंखला आफ्नो पक्षमा पारेको थियो ।

लिग-२ को श्रृंखलामा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी उपलब्ध हुने छैनन् । खुट्टाको चोटका कारण उनले श्रृंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

विश्वकप लिग-२ अंक तालिका
नेपालले ४ खेलमा २ जित र २ हार सहित ४ अंकका साथ छैटौ स्थानमा छ । ओमान १० खेलमा ८ जित र २ हारसहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ जित र ६ हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ ।

नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुसन भारी, शरद भेषवाकर, विक्रम शोव, पवन सर्राफ र रोहित कुमार । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

यो समस्या महिलामा बढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै

T20 WC – Ind Vs Pak: भारत तथा पाकिस्तानको खेल प्रारम्भ हुनुअघि भारतीय टोलीले घुँडा टेकेको छ भने पाकिस्तानी टोलीले