
कांग्रेस अधिवेशन, ओखलढुंगा : गाउँमा सहमति, पालिका र जिल्लामा गुटगत प्रतिस्पर्धा
२८ भाद्र २०७८, सोमबार २२:३४
ओखलढुंगा । नेपाली कांग्रेसको वडा अधिवेशन सकिएपछि पालिका र जिल्ला नेतृत्वमा नेताहरूको ध्यान गएको छ । जिल्ला तथा पालिका नेतृत्वमा दुई गुटबीच नेतृत्वका लागि होडबाजी छ । वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधीसहित ७५ मध्ये ७३ वडामा सहमतिमै नेतृत्व चुनिएको थियो ।
पालिका तहमा आइपुग्दा कांग्रेसको संस्थापन र पौडल–कोइराला समूहबीच प्रतिपर्धा छ । दुई समूहका प्यानलै उम्मेदवार तयार भएका छन् । जिल्लाका आठै स्थानीय तहमा प्यानल बन्ने निश्चित छ ।
नेतृत्व लिन चाहाने धेरै भएकाले दुई पक्षीय निर्वाचन स्वभाविक भएको चिशंखुगढी गाउँपालिकाका सभापतिका उम्मेदवार गोपालमान थापा बताउँछन् । उनी संस्थापन पक्षका उम्मेदवार हुन् । अर्को समूहले पनि थापाको काउन्टरमा उम्मेदवार खडा गरेको छ ।
जिल्ला र पालिका तहको निर्वाचनमा टिमबाहिरबाट चुनाव लड्दा कुनै नेताको पनि जित्ने अवस्था नहुने प्रेस युनियनका जिल्ला अध्यक्ष जीवन शर्मा बताउँछन् ।
जिल्ला नेतृत्वका लागि दुई पक्षबीच प्रतिस्पर्धा हुने
जिल्लाको नेतृत्वका लागि पनि दुई गुटबीच प्रतिस्पर्धा हुने पक्का जस्तै छ । सुरुमा चार जनाले दाबी गरे पनि निर्वाचनमा जाँदा दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान उपसभापति तेजेन्द्र खनाल र यस अघिका सभापितका प्रत्यासी बालकृष्ण दाहालबीच निर्वाचन हुने पक्का जस्तै बनेको हो ।
खनाल संस्थापन र दाहाल पौडल–कोइराला पक्षका उम्मेदवार हुन् । जिल्लामा विगत देखिनै दुई समूहबीच निर्वाचन हुँदै आएको छ । अघिल्ला दुई निर्वाचनमा देउवा समूहका प्रदिप कुमार सुनुवार दुई कार्यकाल सभापित भए । सुनुवारसँग पराजित दाहाल नेतृत्व हात पार्न दौडमा छन्, भने सभापित सुनुवार आफ्नो समूहका नेता तेजेन्द्र खनाललाई नेतृत्व हस्तान्तरण गर्न चाहान्छन् ।
दुबै समूहका नेताहरूले आफ्नो पक्षमा क्षेत्रीय प्रतिनिधि पार्न पहल गरिरहेका छन् । वडाबाट निर्वाचित प्रतिनिधिहरूको मतदानबाट सभापति तथा पदाधिकारी निर्वाचित हुने प्रावधान छ । सबै पदमा उम्मेदवारी दिएर चिर्वाचन लड्ने पक्षमा दुबै समूह छन् । जिल्लामा झण्डै १ हजार ५ सय प्रतिनिधि निर्वाचित भएका छन् ।
अहिले नेताहरू कसका पक्षमा कति प्रतिनिधि छन्, कसलाई कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने कसरतमा छन् । ‘प्रतिनिधि निर्वाचितको अवस्था राम्रो छ, व्यवस्थापन सहि गर्न सकिएमा चुनावि जितिन्छ,’ दाहाल खेमाकी नेतृ गोमा केशीले भनिन् । गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा सचिवालयमा बसेका नेता दाहाल दुई पटक संसदीय निर्वाचनमा भने पराजित भएका थिए । उनीप्रति सबैको सहानुभूति रहेको युवा नेता सन्तोष दाहाल बताउँछन् ।
जिल्लामा तुलनात्मक रूपमा संस्थापन पक्ष बलियो देखिन्छ । खनालको पक्षमा सुरुमा नेताहरू नखुले पनि जिल्ला सचिवहरू नबराज केसी र रुद्रप्रसाद अधिकारीको समर्थन रहने भएको छ । केसी खुलेर लागेका छन् भने अधिकारी आफैले सभापति दाबी गरे पनि अन्तमा खनालको पक्षमा खुल्ने नेताहरू बताउँछन् ।
जिल्लामा बसेर काम गरेको र कार्यकर्ताहरूको चाहाना पनि युवा पुस्तामा नेतृत्व आउनु पर्ने भएकाले आफूले निर्वाचन जित्ने खनालले बताए । सभापितमा निर्वाचित हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ ।
तटस्थ जस्तो देखिने संविधान सभा सदस्य रामहरि खतिवडा पनि संस्थापन समूहमै छन् । निर्वाचनमा खनाललाई सघाउने वचन दिएको नेताहरू बताउँछन् । दाहालको पक्षमा कुमार लुईटेल गोमा केसी, टेकराज भट्टराईलगायत नेताहरू छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले
काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलले कार्यालय समयमा तास खेलिरहेको अवस्थामा पाइएको छ। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको
नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद (नारायण प्रकाश साउद)लाई भारतका विदेशमन्त्री डा एस जयशंकरले बधाई दिनुभएको छ । नेपाली कांग्रेसका नेता
काठमाडौँ महानगरपालिका का मेयर बालेन साहले आजबाट पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात भएको घोषणा गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक