Lifestyle Portal
  •   १३ जेष्ठ २०७९, शुक्रबार

शक्तिको दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्ने दुस्साहस गरे : पौडेल

२८ भाद्र २०७८, सोमबार २३:३३

काठमाण्डौ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका हुन् ।

पार्टीको १४औँ महाधिवेशन कार्यक्रमअन्तर्गत भएका वडा अधिवेशनमा देउवाले शक्तिको दुरुपयोग गरेको नेता पौडेलको भनाइ छ । सत्ता र शक्तिको दुरुपयोगबाट सम्पन्न भएका केही वडा अधिवेशन आफूहरूलाई मान्य नहुने चेतावनी दिँदै नेता पौडेलले भने, ‘वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ। धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरूपयोग गर्न कांग्रेसजस्तो पार्टीलाई सुहाउँदैन। यसलाई मान्दैनौं।’

क्रियाशील सदस्यता छानबिन गर्ने कार्यमासमेत देउवाले धाँधली गरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा

मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै