अमेरिका विरुद्ध नेपालको शानदार जीत


ओमान । मोनाङ्क पटेलको शतकको मद्धतमा अमेरिकाले नेपाललाई (Nepal Vs USA) आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत दिएको २३१ रनको टार्गेटविरुद्ध नेपाल खरो उत्रिएको छ । भर्खरै सम्पन्न खेलमा कुशल भुर्तेल तथा रोहित पौड्यालले अर्धशतकीय पारी खेल्दै खेललाई जीतमा बदल्न सफल भएको छ ।

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ रोजेको अमेरिकाले मोनाङ्कको शतक मद्धतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको थियो ।

नेपालले अमेरिकालाई खेल सक्किनु ६ बल अगावै ५ विकेटले हराएको हो । ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा सम्पन्न आजको खेलमा अमेरिकाद्वारा प्रस्तुत २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा पुरा गरेको हो । प्लेयर अप दि म्याच कुशल भुर्तेलले प्राप्त गरे ।

नेपालको जीत सुनिश्चित गर्ने क्रममा कुशल भुर्तेललले सर्वाधिक ८४ रनको पारी खेलेका उनले ९३ बलमा ३ चौका सहित ३ छक्का प्रहार गरेका थिए । रोहित पौड्यालले ६२ रन जोड्ने क्रममा २ चौका र ३ छक्का लगाएका थिए । नेपालका लागि विनोद भण्डारीले ४८ बलको सहयोगमा ३७ रन जोडेका थिए भने आसिफ शेखले २३ तथा कप्तान ज्ञानेन्द्र मल्लले १५ बलमा १७ रनको योगदान गरे । उनलाई एन.के. पटेलले एलबिडब्ल्यू गरेका थिए ।

टस हारेर बलिङ गरेको नेपालका लागि सन्दीप लामिछाने, शुसन भारी र विक्रम सोबले सर्वाधिक २-२ विकेट लिए । १० ओभर बलिङ गरेका भारीले ३१ रन खर्चिएर २ विकेट लिए । यस्तै, १० ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै ३५ रन खर्चिएका थिए ।

अर्का तीब्र गतिका बलर विक्रमले ६ ओभर बलिङ गर्दै ३३ रन खर्चिएर २ विकेट लिए । विक्रमले अमेरिकाका मोनाङ्कलाई १०० रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । यता, कुशल मल्ले समान १-१ विकेट लिए । १६ रन बनाएका अमेरिकाका नोस्थुस केन्जिगेलाई कुशल मल्ल र सन्दीप लामिछानेले रन आउट गराएका थिए । सन्दीपले करिमा गोरेलाई रन १६ रनमा रन आउट गराएका थिए ।

नेपालका करण केसी महँगा सावित भए । ५ ओभर बलिङ गरेका करणले बिनाविकेट ४१ रन खर्चिएका थिए । यस्तै, सोमपाल कामीसमेत विकेटविहीन रहे । ८ ओभर बलिङ गरेका सोमपालले ३५ रन खर्चिएका थिए ।

नेपालले अमेरिकालाई अतिरिक्त ७ रन दिएको थियो भने अमेरिकाले नेपाललाई ७ अतिरिक्त रन दिएको थियो ।

विश्वकप लिग- २ अंक तालिका
नेपाल ५ खेलमा ३ जीत र २ हारसहित ०.८२६ रनरेट कायम राख्दै ६ अंकका साथ छैटौँ स्थानमा छ । ओमान १० खेलमा ८ जीत र २ हारसहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १३ खेलमा ६ जीत र ७ हारसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ ।

नेपाली टोली:
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, सुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ, रोहित कुमार


Loading comments...