
विद्यालयबाट फैलियो चीनमा कोभिडको लहर
२९ भाद्र २०७८, मंगलवार २२:५६
एजेन्सी, बेइजिङ । चीनमा पछिल्लो समय विद्यालयबाट कोरोना संक्रमण फैलिएको पाइएको छ । फुजियान प्रान्तको एक प्राथमिक विद्यालयबाट संक्रमण फैलिएको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
एक विद्यार्थीका बाबुबाट संक्रमण फैलिएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । ती विद्यार्थीका बाबुलाई गत साता कोभिड पोजेटिभ देखिएको थियो । विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार्थीलाई एक साताभित्र कोभिड परीक्षण गर्न स्थानीय सरकारले निर्देशन दिएको छ । पछिल्लो चार दिनमा एक सयजनामा संक्रमण देखिएको छ ।
एक महिनाअघि नानजिङमा महामारी फैलिएको थियो । सो महामारी वुहानपछिकै ठूलो मानिएको थियो ।
पछिल्लो समयमा फुजियान प्रान्तको पुटियान सहर कोभिडबाट सबैभन्दा बढी प्रभावित छ । फुजियानमा ३० लाख मानिस बसोबास गर्छन् । न्यूजकारखाना
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १०० औं स्वतन्त्रता दिवस आउनु अघिसम्म सरकारले नव भारत बनाउने लक्ष्य
भारतको हरियाणास्थित सोनीपतमा राष्ट्रिय कुस्तीवाज निशा दहिया, उनको २१ वर्षिय भाई, ८ वर्षिय एक बालक तथा आमा लगायत घरका ६
एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका
एजेन्सी, नोम पेन । राजनीतिक दलका नेताबिरुद्ध गालीग्लौज गरेको अभियोगमा कम्बोडियामा एक किशोरलाई कैद गरिएको छ । सत्तारुढ पार्टीका नेताबिरुद्ध