Lifestyle Portal
  •   २ जेष्ठ २०७९, सोमबार

BREAKING | ओमानद्वारा नेपाल पाँच विकेटले पराजित, ब्याटिङ र बलिङ दुवै कमजोर

२९ भाद्र २०७८, मंगलवार २३:०८

काठमाण्डौ, न्युजकारखाना । आइसीसी विश्वकप क्रिकेट लिग-२ (ICC World Cricket League – 2) अन्तर्गत त्रिकोणात्मक एकदिवसीय खेलमा आयोजक ओमानले नेपाललाई पाँच विकेटले पराजित गरेको छ ।

मंगलबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा एक सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ओमानले ३१ ओभर १ बलमा पाँच विकेट गुमाउँदै एक सय ९८ रन बनाएको हो ।

ओमानको जितमा जितेन्दर सिंहले शतक प्रहार गरे । विस्फाटक ब्याटिङ गरेका सिंहले ६२ बलमा ६ छक्का र १२ चौकाको मद्दतमा १०७ रन बनाए । ओमानको जितमा मोहम्मद नदीमले ३८ रन बनाउँदा सुरजकुमारले २० तथा आयन खानले १८ रन बनाए ।

नेपालको तर्फबाट कुशल मल्ल र करण केसीले सर्वाधिक २–२ विकेट लिए । १० ओभर पूरा बलिङ गरेका कुशलले ३७ रन खर्चिए । यस्तै, पाँच ओभर बलिङ गरेका करणले ५२ रन खर्चिएका थिए । उनी सर्वाधिक महँगा बलर बने । चार ओभर बलिङ गरेका सोमपाल कामी पनि ओमानविरुद्ध महँगो साबित भए । एक मेडन राखेका सोमपालले ३५ रन खर्चिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै एक सय ९६ रन बनाएको थियो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ९० रन बनाएका थिए । एक सय १२ बलमा एक छक्का र सात चौका प्रहार गरेका शेखले करियरकै उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाएका हुन् । यस्तै, करन केसी र कप्तान ज्ञानेन्द्र मल्लले समान २१ रन बनाउँदा रोहित पौडेलले २० रन बनाए । सन्दीप लामिछानेले १६ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

यता, टस हारेर बलिङ गरेको ओमानका लागि बिलाल खानले सर्वाधिक चार विकेट लिए । १० ओभर बलिङ गरेका खानले एक मेडनसहित ४७ रन खर्चिएका हुन् । यस्तै, नेष्टोर धम्बाले दुई विकेट लिए । पाँच ओभर बलिङ गरेका उनले २५ रन खर्चिए । मोहम्मद नदीम र जिशान माक्सुदले समान एक विकेट लिए ।

सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । नेपालको ६ खेलबाट ६ अंक छ भने ओमानले ११ खेलबाट १८ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमाले १५९ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एमाले १८२ ठाउँको उपमेयर र