Lifestyle Portal
  •   ६ आश्विन २०७८, बुधबार

जनभावना बुझेर मात्र एमसीसि बारे निर्णय लिन्छौँ : प्रदीप ज्ञवाली

२९ भाद्र २०७८, मंगलवार २३:१५

जानु पाण्डे/कपिलवस्तु । जनताको भावना बुझेर मात्र अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विषयमा निर्णय लिने नेकपा एमालेले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । कपिलवस्तुमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रवक्ता ज्ञवालीले एमसीसी सम्झौता गर्ने काम सरकारको भएको टिप्पणी गरेका छन् ।

‘एमसीसीको विषयमा निर्णय गर्दा १० पटक सोच्ने छौं । एमसीसी सम्झौता एमालेले गरेको होइन’, उनले भने । उनले आफ्नो पार्टीले दुई देश बिचको सम्बन्ध र नेपाली जनताको भावनालाई हेरेर निर्णय लिने बताए ।

‘एमसीसी पास गर्ने काम सरकारको हो । सम्झौता राम्रो लाग्छ भने बहुमतले पारित गरेर देखाउनुस्’, ज्ञवालीले भने । दार्चुलाको तुइन प्रकरणप्रति लक्षित गर्दै नेता ज्ञवालीले सरकारले मुद्दा घुमाउन चीनसँग सीमा विवादको कुरा उठाएको दाबी गरे ।

उनले आगामी निर्वाचन जित्नका लागि कार्यकर्तालाई उत्कृष्ट काम गर्नसमेत निर्देशन दिएका छन् । कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज गिरीधारीलाल न्यौपानेले पार्टी फुटे पनि स्थानीय तहका कार्यकर्ताले एमाले नै रोजेको टिप्पणी गरेका थिए । सरकारबाट बाहिरिए पनि जनताको मन मस्तिष्कमा एमालेप्रति मोह रहेको न्यौपानेको दाबी छ । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । बिपि कोईराला क्यान्सर अस्पताल भरतपुरका तत्कालिन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी नुवाकोट बिदुर नगरपालिका-१२

नेपालमा ज्यादै चल्ने विचारहरू मध्ये बामपन्थी बिचार पनि एक हो। अर्को शब्दमा भन्ने हो भने यो विचार अहिले अग्रपङ्कतिमा छ।

प्राकृतिक चिजबिजहरु प्रयोग गरि गरिने घरेलू उपचार यस्तो उपचार हो जुन घर मैं सजिलै उपलब्ध सामाग्रीहरुबाट तयार हुन्छ । जस्तो

काठमाण्डौ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ ।