Lifestyle Portal
  •   ११ मंसिर २०७९, आईतवार

महेश बस्नेतले भने- प्रचण्ड नेपालको राजनीतिबाट एक्लिँदै हुनुहुन्छ

२९ भाद्र २०७८, मंगलवार २३:३७

लोकप्रिय

काठमाण्डौ । प्रमुख प्रतिपक्षी एमाले केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालकाे राजनीतिबाट एक्लो हुँदै गइरहेको बताएका छन् ।

एमाले जिल्ला कमिटी अर्घाखाँचीको बृहत् कार्यक्रता भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले अब प्रचण्डको च्याखे राजनीति नचल्ने दाबी गरे ।

‘अस्ति प्रचण्डले म एक्लो हुँदैछु भन्नुभएछ । माओलाई श्रीमतीले समेत अन्तिममा साथ नदिएको, लेनिनले पनि साथ नपाएको के के भन्नुभएछ,’ उनले भने, ‘उहाँले सही भन्नुभएछ । प्रचण्ड कमरेड नेपालको राजनीतिबाट एक्लै हुँदै हुनुहुन्छ । उहाँको च्याखे राजनीति अब नेपालमा चल्नेवाला छैन,’

बस्नेतले प्रचण्ड जता फाइदा देख्यो त्यतै लाग्ने गरेको आरोप लगाए । ‘०७० को चुनावमा कांग्रेसतिर लाग्नुभयो । वामपन्थी हराउन महत्वपूर्ण भूमिका खेल्नुभयो,’ उनले भने, ‘०७४ को चुनावमा कांग्रेसतिर च्याखे दाउ लागेन भनेर केपी ओलीतिर लाग्नुभयो । एमालेतिर आउनुभयो ।’

बस्नेतले मदन भण्डारीको निधनपछि माधव नेपालले एमालेलाई कमजोर बनाएको आरोप पनि लगाए । ‘माधव नेपाल उकालो चढ्यो । एमाले ओरालो लाग्यो । हात्तीजत्रो एमालेलाई बोकोमात्र बनाए,’ बस्नेतले भने । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,