Lifestyle Portal
  •   ७ आश्विन २०७८, बिहीबार

सेयर बजार १८ दशमलव ५४ अंकले ओरालो

२९ भाद्र २०७८, मंगलवार २३:४२

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से १८ दशमलव ५४ अंकले ओरालो लागेर दुई हजार ९२९ दशमलव २८ विन्दुमा पुगेको हो ।

मंगलबार दुई सय २२ कम्पनीको एक करोड ६३ लाख कित्ता सेयर करोबार भएको छ । पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ ।

आज सबै समूहका उपसूचांक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जिवन बिमा समूहको सूचक ओरालो लागेको छ । दोस्रोमा विकास बैंक छ । निर्जिवन बिमा समूह दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ भने विकास बैंक समूहका सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । अन्य बाँकी सबै समूहको सूचकमा शून्य दशमलवभन्दा धेरै गिरावट आएको छ ।

आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । कम्पनी १० प्रतिशतले फाइदामा गएको छ । आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ता छन् । कम्पनी ५ दशमलव ५६ अंकले घाटामा गएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

नेपालमा ज्यादै चल्ने विचारहरू मध्ये बामपन्थी बिचार पनि एक हो। अर्को शब्दमा भन्ने हो भने यो विचार अहिले अग्रपङ्कतिमा छ।

लेबेनानमा अहिले जे भइ रहेको छ त्यसको लागि जिम्मेवार त्यहाँको राजनीति हो। लेबेनानका नेताहरूले नै लेबेनानलाई यो स्थितिमा पुर्याएका हुन।

काठमाण्डौ । आज साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ। अघिल्लो कारोबार

साँचो कुरा भन्ने हो भने दक्षिण एसियाका नागरिकहरूलाई सरल किसिमले बाँच्न नै आउँदैन। अझै खरो किसिमले भन्ने हो भने बाँच्ने