
मालिंगाले लिए क्रिकेटबाट संन्यास
३० भाद्र २०७८, बुधबार १४:००
काठमाण्डौ । श्रीलंकाका तीब्र गतिका बलर लासिथ मालिंगाले सबै खाले क्रिकेट खेलबाट संन्यास लिएका छन् ।
मंगलबार ३८ वर्षीय मालिंगाले सबै खाले क्रिकेट खेलबाट संन्यास लिएका हुन् । यसअघि मालिंगाले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिए पनि क्लबस्तरीय प्रतियोगिताबाट भने खेलिरहेका थिए ।
मालिंगाले श्रीलंकाको टेस्ट, ओडीआई र टी-२० सबै खाले क्रिकेट प्रतियोगिमा सहभागिता जनाएका थिए ।
मालिंगाले सन् २००४ मा टेस्ट क्रिकेटमा अस्ट्रेलियासँग खेल्दै डेब्यु गरेका थिए । यस्तै, अन्तिम टेस्टका रूपमा सन् २०१० मा भारतविरुद्ध खेलेका थिए ।
ओडीआईमा भने यूएईविरुद्ध सन् २००४ मा खेल्दै डेब्यु गरेका थिए भने अन्तिम खेल सन् २०१९ मा बंगलादेशविरुद्ध खेलेका थिए ।
यता, टी-२० खेलको डेब्यु सन् २००६ मा इंग्ल्याण्डविरुद्ध गरेका थिए भने अन्तिम खेल सन् २०२० मा वेष्ट इण्डिजविरुद्ध खेलेका थिए ।
मालिंगाले श्रीलंकाको राष्ट्रिय टोलीसँगै क्बलस्तरीय खेल भने आईपीएलमा मुम्बई इण्डियन्सलगायत एक दर्जनभन्दा बढी देशका घरेलु लिग खेलेका छन् ।
मालिंगाको कप्तानीमा श्रीलंकाले सन् २०१४ मा टी-२० विश्वकप जितेको थियो । ३८ वर्षीय मालिंगाले श्रीलंकाका लागि ३० टेस्ट, २२६ एक दिवसीय र ८४ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
न्युज कारखाना काठमाडौं, १८ पुस लिभरपुलले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ३१ को नतिजा सुम्पिएको छ । लिभरपुल १७ खेलमा २८ अंकसहित
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल