
बैतडीमा एमाले कार्यकर्ता भेला, १५ हजार संगठित सदस्य पुर्याउने
३० भाद्र २०७८, बुधबार २२:१५
सीपी लोहिया/बैतडी । नेकपा एमाले बैतडीले अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेलामार्फत संगठित सदस्य १५ हजार पुर्याउने गरी कार्यक्रम जारी राखेको छ । गत एक महिना यता सुरू भएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममार्फत संगठित सदस्य दोब्बरले वृद्धि गर्ने एमाले बैतडीको योजना छ ।
अन्तिम चरणमा पुगेको अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेला कार्यक्रममार्फत आठ हजारले वृद्धि गरेर संगठित सदस्य १५ हजार पुर्याउने उद्देश्य राखेको एमाले बैतडीका जिल्ला सचिवालय सदस्य लोकेन्द्र भण्डारीले न्युज कारखानालाई बताए ।
६ कात्तिकमा वडा कमिटीको अधिवेशन र ९ गते हुने पालिका कमिटीको अधिवेशनलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।
निस्क्रिय अवस्थामा रहेका वडा र पालिकाका अधिकांश सदस्यहरूलाई सक्रिय गराई संगठन विस्तार गरिरहेको पार्टीका जिल्ला कमिटि सदस्य तथा मेलौली नगरपालिका–५ का वडाअध्यक्ष बलभद्र दयालले बताए ।
आगामी १५–१७ असोजमा नेकपा एमालेको विधान अधिवेशन हुनेछ भने मंसिरमा महाधिवेशन हुँदै छ । न्युजकारखाना
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार
काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमाले १५९ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एमाले १८२ ठाउँको उपमेयर र