Lifestyle Portal
  •   ३ कार्तिक २०७८, बुधबार

स्टोरमै थन्किए दाताले दिएका स्वास्थ्य सामग्री

३१ भाद्र २०७८, बिहीबार ०८:३९

ओखलढुंगा । दाताले दिएका स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा नपुगी स्टोरमै थन्किएका पाइएको छ । मोलुङ गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि उपलब्ध भएका सामग्री वितरण नगर्दा स्टोरमै थन्किएका हुन् ।

कोभिड- १९ विरुद्ध विश्वव्यापी ओखलढुंगेली संजालले गाउँपालिकाका सबै स्वास्थ्य संस्थाका लागि दिएका सामग्री रामपुरस्थित कोभिड अस्पतालको स्टोरमा थन्किएका हुन् । गाउँपालिकामार्फत उपलब्ध गराइएका सामग्रीहरू वितरण नभएपछि स्टोरमै रहेको पाइएको स्थानीय बोधनारायण श्रेष्ठले बताए ।

जिल्ला पैरवी संजालको तर्फबाट स्वास्थ्य संस्थाहरूको अवस्था र सेवा प्रवाहबारे अवलोकन गर्न पुगेको पत्रकार तथा नागरिक समाजको टोलीले स्वास्थ्य संस्थामा सामग्री नपुगेको पाएको श्रेष्ठले जानकारी दिए । ‘हामीकहाँ बाहिरबाट उपलब्ध कुनै सामग्रीहरू अहिलेसम्म आएको छैन’, हर्कपुर स्वास्थ्य चौकीका प्रमुख भरत प्रधानले भने ।

जिल्लाबाट विभिन्न देशमा रोजगारीको सिलसिलामा विदेशमा रहेका ओखलढुंगाका नागरिकले ७१ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए । जिल्लाका सबै स्वास्थ्य संस्थाहरूका लागि साधारण बेड, ४० लिटरको उपकरणसहितको अक्सिजन सिलिण्डर, बीपी मोनिटर, थर्मोमिटरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराइएको थियो ।

जिल्लास्थित समन्वय समितिले स्थानीय तहलाई त्यस्ता सामग्री कोभिड- १९ को जोखिमको समयमा उपयोग गर्न उपलब्ध गराएको थियो । मोलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वेदहरि दाहालले कार्यपालिका बैठकले निर्णय गरेर वितरण गर्ने भनेकाले स्टोरमा रहेको बताए । उनले बैठक नबसेकाले वितरण नभएको भन्दै एक साताभित्रै सबै सामग्री वितरण गरिने जानकारी दिए ।

दाताबाट जिल्लाका दुई अस्पताललाई अक्सिजन सिलिण्डरसहित आईसीयू बेड, अन्य कोभिड अस्पतालहरूलाई अक्सिजन बेड तथा अन्य सामग्री उपलब्ध भएका थिए । पालिका तहका अस्पतालमा पुगे पनि गाउँका स्वास्थ्य संस्थामा भने सामग्री नपुगेका हुन् । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

लाइभमाण्डू । तपाईंका साथ कहिले यस्तो भयो जतिबेला तपाईंले तात्तातो चिया, कफी या सुपको एक चुस्की (सीप) लिनुभो र त्यो

कामको दबाव तथा निन्द्राको कमीका कारण महिलाहरुमा हृदयघात तथा स्ट्रोकको खतरा बढ्दै गएको छ । एउटा अध्ययनका अनुसार, फुल टाइम

काठमाण्डौ । नेपालमा २७.६ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो २ बजेसम्ममा

काठमाण्डौ । ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बिहीबार आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा २