Lifestyle Portal
  •   ५ जेष्ठ २०७९, बिहीबार

‘स्वतन्त्र भारतको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषयक पाक्षिक हिन्दी कार्यक्रम प्रारम्भ

३१ भाद्र २०७८, बिहीबार १४:३२

काठमाण्डौ । भारतीय राजदूतावास, काठमाण्डौले २०७८ भाद्र २९ देखि असोज १२ सम्म “आजादीका अमृत महोत्सव” को कार्यक्रमको रुपमा पाक्षिक हिन्दी कार्यक्रमको आयोजना गर्दैछ । भाद्र २९ गते आयोजना गरिएको ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषायक वेबिनारसँगै यस कार्यक्रमको आरम्भ गरेको हो । यस पाक्षिक हिन्दी कार्यक्रमलाई भारत र विदेशमा हिन्दी दिवसको रुपमा मनाउने गरिन्छ ।

वेबिनारमा भारत र नेपालका ३२ जना हिन्दी भाषा विज्ञको सहभागिता थियो । कार्यक्रममा भारतको आगरास्थित केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष श्री अनिल शर्मा प्रमुख अतिथिको रुपमा सरिक हुनुहुन्थ्यो । भारतका हिन्दी भाषा विज्ञ डा विजय कुमार मलहोत्रा वेबिनारमा सहभागी हुनुहुन्थ्यो । त्यस्तै नेपालबाट त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका प्रमुख डा संजीता बर्मा र दिग्गज हिन्दी साहित्यकार डा राम दयाल राकेशको सो वेबिनारमा उपस्थिति थियो । वेबिनारका सहभागीहरुले हिन्दी भाषाको प्रयोगलाई नेपालमा र विश्वव्यापी रुपमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे आ–आफ्ना विचार प्रस्तुत गर्नुभयो । संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको उल्लेख गर्दै भाषा विज्ञहरुले यी भाषाहरुको सांस्कृतिक एवम् ऐतिहासिक पृष्ठभूमि एउटै भएकाले यी भाषाहरुबीच अनोन्याश्रित सम्बन्ध रहेको चर्चा गर्नुभयो । सोही अवसरमा भारतका माननीय गृहमन्त्री श्री अमित शाह र माननीय विदेशमन्त्री डा एस जयशंकरले दिनुभएको सन्देश पनि प्रस्तुत गरियो ।

पाक्षिक हिन्दी उत्सव अन्तर्गत दूतावासले २०७८ भाद्र २९ देखि असोज १२ सम्म श्रृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रम र प्रतियोगिताको आयोजना गर्नेछ । दूतावासमा कार्यरत भारतीय अधिकारीले “राजभाषा प्रतिज्ञा” लिई हिन्दीलाई आधिकारिक भाषाको रुपमा संरक्षण र प्रवद्र्घन गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए ।

सन् १९४९ सेप्टेम्बर १४ मा भारतको संविधान सभाले हिन्दी भाषालाई भारतको आधिकारिक भाषाको रुपमा स्थापित गरेको ऐतिहासिक दिनको सम्झना गर्न प्रत्येक वर्ष भारतभर र विदेशमा हिन्दी दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आउनुहोस् यस आलेखमा अमेरिकामा भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको छ त्यसबारे चर्चा गरौं। भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल