भारत द्वारा लिटी खोला, फापरबारी, मकवानपुरमा श्री बागमती निम्न माध्यमिक विद्यालयको भवन निर्माण


मकवानपुर । भारत सरकारको  ने.रू. ८.९७ मिलियन आर्थिक सहयोगमा लिटी खोला, फापरबारी, मकवानपुरमा श्री बागमती निम्न माध्यमिक विद्यालयको नवनिर्मित भवनको शिलान्यास भएको छ । भारत सरकारको तर्फबाट श्री नितेश कुमार, महावाणिज्यदूत, भारतको महावाणिज्य दूतावास, बीरगंज तथा नेपाल सरकारको तर्फबाट जिल्ला समन्वय समिति, मकवानपुर, विद्यालय व्यवस्थापन समिति तथा स्थानिय प्रतिनिधिहरूद्वारा संयुक्तरूपमा उक्त शिलान्यास कार्यक्रमको आयोजन गरिएको थियो ।

भारत सरकारको अनुदान, ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत, १० कक्षा कोठा, फर्नीचर तथा सरसफाइ संसाधन सहित दुई तल्ले विद्यालय भवन निर्माणमा उपयोग गरीएको थियो । यो परियोजना भारत सरकार र नेपाल सरकार बीच सम्झौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा लिईएको थियो।

श्री बागमती निम्न माध्यमिक विद्यालय २०४६ सालमा मकवानपुर जिल्लाको लिट्टी खोला (बागेरी)मा प्राथमिक विद्यालयको रूपमा स्थापित भएको थियो र पछि २०६४ सालमा निम्न माध्यमिक विद्यालयको रूपमा स्तरोन्नति भयो । वर्तमानमा, ३५५ विद्यार्थीहरु स्कूलमा पठनपाठन गरिरहेका छन् । भवन विद्यालयका आवश्यकताहरु ध्यानमा राखी निर्माण गरिएको छ र यसले छात्र–छात्राहरुका लागि शिक्षाको वातावरणलाई बढावा दिनेछ । यस विद्यालयको निर्माणका लागि भारत सरकारको वित्तीय सहायता भारत र नेपाल सरकारद्वारा शैक्षिक पूर्वाधारको वृद्धिसंग जोडिएको महत्व झल्काउँछ ।
 
यस विद्यालय भवनको उद्घाटन भारत सरकारद्वारा स्वतन्त्र भारतको स्वतन्त्रताको ७५ बर्षगाँठ मनाउन “आजादी का अमृत महोत्सव” (India@75) अन्तर्गत शुरू गरिएका विभिन्न गतिबिधिहरूमा एक कोशेढुङ्गा हो ।


Loading comments...