अफगान विवादपछि नेदरल्यान्डकी विदेशमन्त्रीले दिइन् राजीनामा


आम्सटर्डम, एजेन्सी । अफगास्तिानको मामिलामा विवाद बढेपछि नेदरल्यान्डकी विदेशमन्त्री सिग्रिड कागले राजीनामा दिएकी छिन् । अफगान उथलपुथलपछि पदबाट राजीनामा दिने उनी पश्चिमा मुलुककी पहिलो मन्त्री हुन् ।

आफ्ना सेनासँगै फर्किन चाहने अफगानीलाई ल्याउन फिनल्यान्ड सरकारले सुस्तता देखाएको भन्दै नेदरल्यान्डको संसदले उनीबिरुद्ध खेद प्रस्ताव पारित गरेको थियो ।

आफ्नो कार्यप्रति दृढ रहे पनि संसदको फैसला मान्ने उनले बताएकी छिन् । अफगान मामिलामा चेतावनीका बाबजुद सरकार सुस्त र दुबिधामा परेको उनले स्विकार गरेकी छिन् ।

अगस्टको अन्ततिर नेदरल्यान्डले अफगानिस्तानबाट करिब २ हजार जनाको उद्दार गरेको छ । तर, डच सेनासँग दोभाषे र अनुवादकको रुपमा काम गरेका सयौं कर्मचारी र अन्य सहयोगी भने काबुलमा नै छुटेका छन् ।

सरकारले ‘गलत मान्यता’ का आधारमा काम गरेको स्विकार गर्दै उनले भनिन्, ‘तालिवानको तीब्र वेगको सत्ता यात्राले सबैलाई चकित पारिदियो ।’

संसदमा सांसदहरुले आफ्नो विपक्षमा मतदान गरेपछि आफूसँग राजीनामाको विकल्प नभएको उनले बताइन् ।

‘मन्त्रिपरिषद्ले जबाफदेही नभएको संसदले फैसला गरेको छ,’ उनले भनिन् , ‘नीति अस्विकार भएपछि मन्त्रीले राजीनामा दिनैपर्छ ।’


Loading comments...