Lifestyle Portal
  •   १४ जेष्ठ २०७९, शनिबार

भर्खरै: होङ्सी सिमेन्ट बोकेको ट्रक बुल्दी खोलामा खस्यो, चालकको मृत्यु

१ आश्विन २०७८, शुक्रबार २०:२६

तनहुँ, न्युजकारखाना । तनहुँको बुल्दी खोलामा ट्रक खस्दा चालकको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१ मुसेखोलास्थित पृथ्वी राजमार्गबाट १० मिटर तल बुल्दी खोलामा ट्रक खसेको हो । शुक्रबार सबेरै विहान साढे १२ बजे दुर्घटना भएको तनहुँ प्रहरीले जनाएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताए । ट्रकमै च्यापिएको अवस्थामा चालक मृत भेटिएका हुन् । अन्दाजी २८ वर्षीय उनको पहिचान खुलेको छैन ।

यस्तै, ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय बालक राजकुमार विक घाइते भएका छन् । उनको रत्नहरि अस्पताल दमौलीमा उपचार भइरहेको छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको छ । ट्रकले होङशी सिमेन्ट बोकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो

तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा र ‘नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार’ क्षेत्रकी अमेरिकी उप-विदेशमन्त्री तथा तथा तिब्बती मुद्दाका लागि

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल