Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

लोप हुन थाले मिथिलाका लोकबाजा

१ आश्विन २०७८, शुक्रबार २२:३६

वीरेन्द्र रमण/जनकपुरधाम । मिथिलाको पौराणिककालदेखि व्यक्तिहरूको मनोरञ्जनको साधनको रूपमा रहेको लोकबाजाहरू विस्तारै लोप हुन थालेको छ । लोकबाजाहरू लोप हुन थालेपछि कलाकारहरू कामविहीन हुन थालेका छन् ।

पछिल्लो समय मिथिलाको लोकबाजाको रूपमा रहेको रसनचौकीलाई छाडेर ब्यान्ड, डिजे लगायतका बाजा अहिलेका युवा पुस्ताले रुचाउन थालेपछि रसनचौकीे लोपोन्मुख अवस्थामा पुगेको हो । ब्यान्ड तथा डिजे लगायतका बाजाहरूतर्फ अहिले युवा वर्गको आकर्षण बढेपछि रसनचौकी बजाउनेको आम्दानी दिन प्रतिदिन घट्दै जाँदा मिथिलाको यो लोक वाद्ययन्त्र लोपोन्मुख अवस्थामा पुगेको हो ।

मिथिलामा विवाह, मुण्डन, व्रतबन्ध (उपनायन)लगायत दशैँ, छठसहितको पर्वमा रसनचौकी वाद्ययन्त्र बजाउने परम्परा थियो । तर, अहिले यस्ता बाजाहरूको साटो विभिन्न पर्व तथा अन्य कार्यक्रममा ब्यान्ड बाजाले स्थान ओगटेपछि रसनचौकी बजाउने कलाकारहरूको संख्यामा पनि दिनानुदिन कमि आएको छ ।

रसनचौकी लगायतका मिथिला क्षेत्रमा बजाइने बाजालाई जातीयतासँग जोडिएको हुनाले युवाहरूमा रसनचौकी, पिपही, दुग्गी, तासा, ढोल लगायतका लोकबाजाप्रति युवाहरूमा वितृष्णा जागेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धीरेन्द्र प्रेमर्षिले बताए ।

प्रेमर्षिका अनुसार मिथिलामा वाद्ययन्त्र बजाउनु तथा संगीत विधालाई सम्मानित विधाको रूपमा लिइन्थ्यो । तर, कालान्तरमा गएर यो पेसालाई जातियतासँग मात्रै जोडिएपछि लोक वाद्ययन्त्रहरूको दुर्दशा सुरु भयो ।

मिथिला क्षेत्रमा रसनचौकी, पिपही, दुग्गी, तासा, ढोल लगायतका वाद्ययन्त्रहरू चमार जातिले बजाउने गर्छन् । वाद्ययन्त्र बजाउने पेसालाई तल्लोस्तरमा राखेर हेर्न थालिएको र बजनाउनेहरूमा पनि हिनताको भावना पैदा भएकाले चमार जातिका युवाहरूसमेत अन्य पेशामा रमाउन थालेका छन् ।

लोकबाजा बजाउँदै आएका धनुषाका धनौजी गाँउपालिकाका रोशन रामले मनोरञ्जनका लागि मात्रै अब रसनचौकी बजाउने गरेको बताए । उनले रसनचौकी बजाएर जीविका नचल्ने भएपछि बाध्यतावश आधुनिक बाजा बजाउनु परेको बताए ।

अर्का रसनचौकी बजाउने देवेन्द्र महराले गाउँमा रहेको मिथिलाविहारी मन्दिरमा बेलुका आरतीको बेला मात्र रसनचौकी बजाउने गरेको बताए । उनले रसनचौकी बजाएर जीविका चलाउन नसकिने भएपछि परिवार चलाउन विकल्प खोज्नु परेको बताए

रसनचौकी लगायतका वाद्ययन्त्रलाई पुनर्र्जीवित पार्नका लागि युवाहरूलाई अगाडि आउनु आवश्यक रहेको प्राज्ञ प्रेमर्षि बताउँछन् । युवाहरूले ब्यान्ड निर्माण गरी मिथिलाको लोकबाजासहित लोकगीतहरूको संरक्षणतर्फ अगाडि आएमात्रै यसको संरक्षण गर्न सकिने उनको बुझाइ छ ।

प्रदेश २ सरकारले ढोल, पीपही, डम्फा, झाल, डमरु, सारंगी, घुना तिसि, करताल, सिंग्हासहित परम्परागत बाजा संरक्षण गर्ने नीति लिएको छ । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

शिक्षा र स्वास्थ्य कुनै पनि राष्ट्रको आर्थिक विकासका लागि दुई महत्वपूर्ण संरचनाहरू हुन्। यी दुई संरचनाहरूले मजबुत खम्बाको काम गरेका

खोटाङ, न्यूजकारखाना । हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार राईले रूखमा डेरा बनाएर अनलाइन कक्षा लिएको खबर भाइरल

जनकपुरधाम । नेकपा माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा राज्य तथा माओवादीद्वारा बेपत्ता पारिएकाहरूको अवस्था सार्वजनिक गर्न माग गर्दै पीडित परिवारले

काठमाण्डौ । १० वर्ष चलेको सशस्त्र द्वन्द्वमा तत्कालीन राज्य र विद्रोही पक्षद्वारा विभिन्न बहानामा जबर्जस्ती बेपत्ता पारिएका नागरिकहरूको यथार्थ अवस्था