BREAKING | चितवनमा हत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा झडप, पाँच प्रहरी र स्थानीय घाइते


चितवन । पूर्वी चितवनको राप्तीमा शुक्रबार राती एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीइ कान्छा लामाको हत्या भएको हो ।

लामाको हत्या आरोपी छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच जना प्रहरी र दुई जना स्थानीय घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेका लामालाई मल्लले रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पुरानो रिसइबीका कारण मदिरा सेवन गरी मल्लले लामाको हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिए । हत्या आरोपीलाई नियन्त्रणमा लिनेक्रममा स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्याँस प्रहार गर्नुपरेको उनको भनाइ छ ।

घाइते प्रहरी निरीक्षक खड्काको आँखामा गम्भिर चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । राति नै अभियुक्त मल्ल र मृतक लामाको शवलाई भरतपुर ल्याइएको छ ।

घाइते प्रहरीको फोटोः न्युजकारखाना


Loading comments...