BREAKING | भरतमणि पौडेलले जिते ‘कमेडी च्याम्पियन सिजन २’ को उपाधी


काठमाण्डौ । ताप्लेजुङका भरतमणि पौडेलले ‘कमेडी च्याम्पियन सिजन २’ को बिजेताको उपाधी जितेका छन् । उनले उपहारमा डाट्सन (Datson)को कार र नगद २५ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् ।

कमेडी च्याम्पियन सिजन २ को सुरुवातदेखि नै भरतमणिले आफूलाई पृथक सहभागीको रुपमा उभ्याउन सफल भएका थिए । बेलाबेला प्रस्तुत गर्ने घरबेटीको प्रसंगले उनको हास्यकलामा ताकत भर्थ्यो भने पूर्व सञ्चारमन्री गोकुल बाँस्कोटाको क्यारिकेचरसँगै चर्चा शिखरमा लगेको थियो ।

फाईनल चरणमा उपाधिका लागि भरतमणि पौडेल, सन्तोष थापा तथा विक्की अग्रवाल भिडेका थिए । बिक्कि अग्रवालले फर्स्ट रनरअपको उपाधीसँगै TVS Apache को मोटरसाइकल प्राप्त गरे भने अर्का सहभागी सन्तोष थापाले सेकेण्ड रनरअपको उपाधी चुम्दै स्कुटि प्राप्त गरेका छन् ।

फाइनलको प्रस्तुतीमा भरतमणिले चर्चित गीतको प्यारोडी गर्दै “गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, कमेडियनको अनुहार फेर्नलाई उठ” भन्दै भोट त धेरै मागियो तर आज हेर्न बाँकी छ । जिते भरतमणि पौडेल नत्र रामचन्द्र पौडेल भन्दै रमाइलो गरेका थिए ।

यस अघि पूर्वयुवराज पारस शाहको गेटअपमा उत्कृष्ट प्रस्तुती दिएर सिधै फाइनलको यात्रा तय गरेका भरतमणिको उक्त प्रस्तुतीलाई धेरैले मन पराएका छन् ।

पूर्वयुवराज पारस शाहको नक्कल गर्दै अभिनय गरेका भरतमणिको भिडियोको ट्रेलर नै युट्यूबको ट्रेन्डिङको १४ नम्बरमा परेको थियो । उक्त श्रृंखलामा भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको क्यारिकेचर पनि गरेका थिए ।


Loading comments...