संविधान दिवसमा नेपाल तथा नेपालीलाई अमेरिका, भारत तथा रसियाको शुभकामना


काठमाण्डौ । संयुक्त राज्य अमेरिकाले सातौं संविधान दिवसका अवसरमा नेपाललाई शुभकामना सन्देश पठाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकी सरकार तथा नागरिकको तर्फबाट १९ सेप्टेम्बर अर्थात ३ असोजको संविधान दिवसको विशेष दिनमा नेपालीहरूमा बधाई तथा शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा विदेशमन्त्री एन्टोनीले गएको बर्ष नेपाल र अमेरिकाको सम्बन्ध अझै सुमधुर भएको उल्लेख गरेका छन् । ‘किनकी दुई देशले समान प्रकृतिका चुनौतीको सामना गरिरहेका छौं । विशेषगरी हामीले कोभिड १९ को महामारीविरूद्ध लड्न तथा जलवायु परिवर्तनका असरहरूको सामना गर्न मिलेर काम गर्‍यौं,’ सन्देशमा भनिएको छ ।

झन्डै ७५ बर्ष लामो कूटनीतिक सम्बन्धमा नेपाल र अमेरिका हरेक क्षण जनस्तरमै सुमधुर मित्रतामार्फत अझै बलियो बनेको उल्लेख गर्दै अमेरिकाले यो सम्बन्धको खुलेर प्रशंसा गरेको छ ।

नेपालस्थीत संयुक्त राज्य अमेरिकाको राजदूतावासको आधिकारिक फेसबुक पेजमार्फत् पनि शुभकामना सन्देश पोष्ट गरिएको छ, पोष्टमा लेखिएको छ:

“राष्ट्रपति बाइडेन समेत सम्पूर्ण अमेरिकी जनताहरूको तर्फबाट राष्ट्रपति भन्डारी, प्रम देउवा लगायत सम्पूर्ण नेपालीहरूमा सातौं संविधान दिवसको अवसरमा धेरै-धेरै बधाइ तथा शुभकामना ज्ञापन गर्न चाहन्छौं।”
– राजदूत बेरी तथा नेपालस्थित अमेरिकी मिशन परिवार

भारतीय प्रधानमन्त्रीद्वारा शुभकामना अभिव्यक्त:

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालस्थित भारतीय दूतावासमार्फत समकक्षी शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै सातौ संविधान दिवसको शुभकामना दिएका छन् ।

रसियन राष्ट्रपति पुटिनद्वारा शुभकामना अभिव्यक्त:

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाएका छन् ।


Loading comments...