carrot

गाँजर जाडोमा फाइदाजनक


हाटबजार देखि तरकारी पसलहरु सम्म हिँउदमा गाँजरले सजिएका हुन्छन् । गाँजर जसको रंग नै अति मिठो र हेर्दै कलकलाँउदो फल हो । यसलाई फल या तरकारी जे मानेपनि हुन्छ, कहिले सलादमा त कहिले तरकारी या चाउमीन, म :म को किमा लगायग गाँजरको उपयोग धेरै ठाँउमा हुन्छ । यसको फाइदाका बारेमा भनें जान्न अति जरुरी रहेछ ।
यसपाला हिँउदमा कत्तिको गाँजर खानुभयो त ? यदि छैन भनें हाम्रो यो लेख पढिसकेपछि पक्कै पनि तपाँई गाँजर खान चाहनुहुन्छ भन्ने हाम्रो ठम्याई छ ।
हेर्दा राम्रो, खाँदा रसाईलो अनि गुलियो मिठो स्वाद, गाँजर धेरैलाई मनपर्ने कुरा हो । खासै महँगो पनि नहुने अनि सुलभ तवरले जहाँ पनि पाउने यस गाँजर शदियौं देखि मानव भान्साको सहयात्रि हो ।क्यालोरीका हिसाबले गाँजर उति धेरै क्यालोरी भएको फल त हैन किनभनें एउटा गाँजरले केवल ६० क्यालोरी मात्र शक्ति दिने गर्दछ । तथापि यसमा भएको फाइबर अनि अन्य अचुक गुणले यसको गुणगान बढाएको छ । कतिपयले गाँजर गुलियो भएका कारणले सुगर रोगीले नखानु भन्ने पनि सुनिएको छ तर के तपाँइलाई थाहा छ ?
प्रस्तुत लेख बिश्वप्रसिद्ध पोषण बिज्ञ कवीता देवगनको ब्लग बाट साभार र अनुवाद गरिएको हो । उन्का बिश्व प्रसिद्ध पोषण समबन्धी पुस्तकहरु डन्ट डायट अनि ५० ह्याबीट्स अफ थिन पिपल्स अत्यन्त लोकप्रिय छ ।

गाँजरको सेवन नियमित गर्नाले रगतमा सुगरको मात्रा पनि कम गरेको पुष्टि भइसकेको छ । दैनिक दुइवटा गाँजर सेवन गर्नु स्वास्थका लागि फाइदाजनक हुने गर्दछ भने गाँजरमा सुगरको मात्रा भएकले धेरै सेवन नगर्न पनि सल्लाह दिइन्छ । अब धेरै खाएमा त अमृत पनि बिष हुन्छ भन्ने कथन हामीले सुनेकै त हौं । पेक्टीन नामक पदार्थ बढि भएकाले गाँजरको सेवनले कोलेस्टेरोल कम गर्न पनि मद्धत गर्दछ भने यसमा रहेको पोटासियमले रक्त प्रवाहलाई सहज गर्दछ ।
अर्कोतर्फ गाँजरमा न्यूरोट्रान्समीटरको गुण हुनेगर्दछ जसले गर्दा हाम्रा स्वबिवेक अनि मानसिक स्वास्थ झन राम्रो बनाँउदछ । तनाव      कम गर्न अनि स्मरण शक्ति राम्रो राख्न पनि गाँजरले सहयोग गर्दछ है ।

भिटामीन ए, सी , के लगायत प्यान्थोथेनिक एसिड बी ५, फोलेट बी ९, पोटासियम, आइरन, कोपर र म्यानीज पनि प्रशस्त रुपमा गाँजरमा पाइन्छ । गाँजरमा प्रशस्त मात्रामा बेटा क्यारोटीन पाइन्छ जसले एन्टीअक्सीटेन्डका रुपमा भिटामीन ए मा परिणत भएर हाम्रो रोगप्रतिरोधात्मक क्षमता अनि आँखाको स्वास्थलाई राम्रो गर्दछ ।
बेटा क्यारोटीन क्यान्सर सेल रोकथाम गर्न या कम गर्नका पनि अत्यन्त सक्रिय तत्वहरु हुन् र यिनले शरीरमा ग्लुकोज अनि इन्सुलिनको मात्रा नियन्त्रण गर्न पनि मद्धत गर्दछन् । गाँजरमा भिटामीन सी र क्याल्सीयम पनि भएकले हड्डीको स्वास्थका लागि गाँजरलाई राम्रो खाधान्न मानिन्छ । गाँजरको सेवनले कलेजोको बाइलको प्रवाह बढाएर कलेजोलाई स्वस्थ राख्न सक्रिय भूमिका खेल्दछ ।

हामी चाहन्छौं कि सबै जना स्वस्थ हुन्, निरोगी हुन् । तपाँइहरु पनि आफ्नो खानाको काँचो या पाकेको जुनसुकै स्वरुपमा भएपनि गाँजरलाई समावेश गराउनु होला है । काँचो र पाकेको गाँजरको आआफ्नै स्वास्थ बिशेषताहरु हुन्छन् । पकाएको गाँजरमा केही पानीमा घुलनशील भिटामीनहरु र मीनरलहरु कम हुनसक्दछन् तर अर्कोतर्फ गाँजरलाई थोरै तेल हालेर पकाउन सल्लाह दिइएको छ। यसरी हल्का पकाँउदा एन्टीअक्सीडेन्ट सहजै उपलब्ध हुने र नष्ट नहुने अनि बेटाकेरोटीन शरीरलाई शोषण गर्न सहज हुने बिज्ञहरुले बताएका छन् । गाँजर जमिनमा फल्ने कुरा भएकाले काँचै खाँदा अलिक ध्यान दिइन सल्लाह पनि छ किनभनें राम्ररी नपखाली खाएमा माटोका किटाणुहरु शरीरमा प्रवेश गर्न सक्दछन् ।
गाँजरलाई मसिनो रुपमा कोरेर अनि थोरै तेलमा भुटेर दुध अनि मरमसला हाली पाइने गाँजरको हलुवा भारत, बगंलादेश लगायत बिभिन्न दक्षिण एसियाली मुलुकका परम्परागत पकवानहरु मध्य १ नंबरमा पर्दछ । अब त गाँजरको हलुवा पश्चिमा देशहरुमा पनि लोकप्रीय हुदै आएको छ । यसपाला हिँउदमा काँचै या उसिनेर मात्र नखाई गाँजरलाई हलुवा बनाएर पनि सेवन गर्ने कि ? स्मरण रहोस् यसरी हलुवा बनाँउदा चिनीको अनि फ्याटको मात्रा भने हलुवामा कम नै गरौं नि । आफ्नो रंग अनि स्वादका कारणले गाँजर सदैव एउटा फ्याशनेवल फल रहिआएको छ, यस हिँउदमा गाँजरको सेवनमा अलिक ध्यान दिऔं । स्वास्थ रहन कहिँ जान पर्दैन आफ्नै बारी अनि बजारमा उपलब्ध कुराहरुले स्वास्थ अनि नैरोग्य दिने गर्दछन् ।


Loading comments...