Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

रोनाल्डो र लिंगार्डको गोलमा युनाईटेडको पुनरागमन जित

४ आश्विन २०७८, सोमबार ०९:०५

काठमाण्डौ । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको गोलसँगै इंग्लिस प्रिमियर लिग (इपीएल) मा म्यानचेष्टर युनाईटेडले पुनरागमन जित निकालेको छ ।

आइतबार राति भएको खेलमा भ्रमणकारी टोली म्यानचेष्टरले वेष्ट हाम युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

लण्डन स्टेडियममा १–० गोल अन्तरले पछि परेको स्थितिमा म्यानचेष्टर युनाईटेड खेलमा पुनरागमन गरेको हो ।

खेलको ३० मिनेटमा साइड बेन्राहमाको गोलमा घरेलु टोली वेष्ट हामले खेलमा अग्रता बनाएको थियो । त्यसको ५ मिनेटमै रोनाल्डोले बराबरी गोल गरे ।

खेल सकिन १ मिनेट बाकी रहँदा जेसे लिंगार्डले गोल गर्दै म्यानचेष्टरलाई महत्वपूर्ण तीन अंक दिलाए । लिंगार्डले माटिकको पास सदुपयोग गरेका थिए ।

खेलमा थपिएको ५ मिनेटमा म्यानचेष्टरका गोलरक्षक डेभिड डे गेआले पेनाल्टी रोक्दै टोलीलाई अंक बाढ्नबाट जोगाएका थिए ।

जितसँगै म्याचनेष्टर युनाईटेड प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा ४ जित र १ बराबर गरेको युनाईटेड शीर्षस्थानको लिभरपुलसँग समान १३ अंक भए पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो ।

यता, पराजित वेष्ट हाम भने ५ खेलबाट २ जित, २ बराबर र १ हारसहित ८ अंक बनाउँदै आठौं स्थानमा रहेको छ । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । १३ औं साफ च्याम्पियनसिपको उपबिजेता बनेको नेपालको यो एतिहासिक फुटबल यात्रा थियो । पहिलो पटक फाइनलमा पुगेको नेपालले

माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा सम्पन्न साफ च्याम्पियनसीपको १३ संस्करणको उपाधीमाथी भारतले कब्जा गरेको छ । यससँगै भारतले ८औं पटक यस

भारतले ४९ तथा ५० मिनेटको समयान्तरमा गरेको दुई गोल लगत्तै नेपालका तर्फबाट चारजना खेलाडीलाई परिवर्तन गरिएको छ । नेपालका तर्फबाट

पहिलो हाफको ४९ मिनेटमा भारतका कफ्तान सुनिल क्षेत्रीले पहिलो गोल गरे भने लगत्तै मिड फिल्डर सुनिल सिंह वाङजेमले ५० औं