
अझै भेटिएनन् बेपत्ता टीकाराम टमाटा
५ आश्विन २०७८, मंगलवार ००:१०
बैतडी । महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको लेकम गाउँपालिका– ३ का २७ वर्षीय टीकाराम टमाटा अझै फेला परेका छैनन् । आइतबार दिउँसो बैतडीको झुलाघाटबाट सेरा हुँदै लेकम जाने क्रममा लडेर नदीमा खसेर टमाटा बेपत्ता भएका सशस्त्र प्रहरीको बिओपी झुलाघाटले जनाएको छ ।
बेपत्ता भएका टमाटाको खोजी कार्य जारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
टमाटा भारतको झुलाघाटबाट सामान किनेर लेकम जाँदै गरेका थिए । साँघुरो बाटो भएका कारण टमाटा एक्कासि लडेर महाकालीमा बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
भारतका नव नियुक्त थल सेनाध्यक्ष (सीओएएस) जनरल मनोज पाण्डेले आफ्नो पहिलो विदेश संवादमा नेपाली समकक्ष रोज्नुभएको छ । नेपाली सेनाका
धादिङ – धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार
काठमाडौं – देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज