Lifestyle Portal
  •   ३ कार्तिक २०७८, बुधबार

इश्वर पोखरेलको प्रतिवेदन : पार्टीमा युवा ह्वात्तै बढे, केन्द्रमा २० र गाउँमा १० प्रतिशत माधव नेपालले लगे 

५ आश्विन २०७८, मंगलवार ०५:३४

काठमाण्डौ । एमाले महासचिव इश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि पार्टीमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको दाबी गरेका छन् ।

एमालेको जारी स्थायी कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेस गरिने संगठनात्मक प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्दै पोखरेलले एकतापछि मात्र पार्टीमा चार लाख सदस्य थपिएका र तीमध्ये अधिकांश युवा रहेको दाबी गरेका छन् ।

उनले माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएपछि  एमालेले केन्द्रमा २० प्रतिशत नेता गुमाएको उल्लेख गरेका छन् भने प्रदेश र स्थानीय तहसमेतका गरेर १० प्रतिशत जनप्रतिनिधि पार्टीले गुमाएको उल्लेख गरेका छन् ।

प्रतिवेदनमा उनले पार्टीको सदस्य वढेको बताए पनि १० बुँदे सहमतिले भने २ जेठ २०७५ अघिका संगठित सदस्यले मात्र महाधिवेशनमा भाग लिन पाउने भनेको छ ।
पोखरेलले थप भएका सदस्यको आगामी महाधिवेशनमा कस्तो भूमिका हुन्छ भन्ने विषयमा भने केही उल्लेख गरेका छैनन् ।

एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ । बैठकमा पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भूसालसहितका नेताहरू सहभागी छन् । न्युजकारखाना

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

सन्तोष देवकोटा । भारतका प्रभावशाली दुई युवा नेता कन्हैया कुमार तथा जिग्नेश मेवाणीले मंगलबार राजनीतिको आगामी यात्राका लागि भारतीय कांग्रेस

प्रकाश तिम्सिना/न्युज कारखाना, सुनसरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा

काठमाण्डौ । दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवासमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार

गोर्खा । १४औं महाधिवेसनअन्तर्गत गोरखामा पालिकास्तरीय अधिवेशन सकिएको छ । शनिबार केही पालिकामा सर्वसम्मत र कतै मतदानमार्फत नेतृत्व छनौट गरिएको