Lifestyle Portal
  •   ३ कार्तिक २०७८, बुधबार

विद्यालयको पर्खाल भत्किएर एक जनाको मृत्यु

५ आश्विन २०७८, मंगलवार ०९:५७

पोखरा । पोखरामा विद्यालयको पर्खाल भत्किएर एक जनाको मृत्यु भएको छ । पोखरा- १३ बाँझापाटनमा रहेको बालकल्याण माविको पुरानो पर्खाल भत्किएर एक जना भारतीय नागरिकको मृत्यु भएको हो ।

पर्खाल पुरानो भएकाले भत्काउन लाग्दा एकैचोटि भत्किएर २० वर्षीय रितेश रामको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

पर्खालले लागेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षाक सुवास हमालले जानकारी दिए । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ

हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा

हाल प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८

भारत–नेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिका बैठक २०७८ आश्विन २० देखि २१ सम्म भारतको नयाँ दिल्लीमा