Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

अमेरिका लैजान्छु भनि नक्कली भिसा देखाएर विवाह गर्ने युवक पक्राउ

५ आश्विन २०७८, मंगलवार १०:०४

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले नक्कली भिसा बनाई अमेरिका लैजाने भन्दै ललाई फकाई युवतीलाई विवाह गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

अमेरिकाको प्रलोभन देखाउँदै थरसमेत ढाँटेर अन्तरजातीय विवाह गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका– ७ मुर्कुचीका २४ वर्षीय सुदिप कार्की ढोली रहेका छन् । उनले स्टाफ नर्स पढ्दै गरेकी युवतीलाई अमेरिका जाने भिसा लागेको भन्दै विभिन्न प्रलोभनमा पारेर बिहे गरेका थिए ।

कार्की ढोली भएता पनि उनले थर लुकाउने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले केटीका आफन्तले केटो क्षेत्री कार्की नभएर अन्य कार्की ढोली भएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए ।

कार्की ढोलीले अमेरिकाको भिसासमेत नक्कली बनाएर केटीलाई देखाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिले केटीलाई अभिभावकको जिम्मा लगाएको छ ।

आरोपित कार्की ढोलीलाई भने सोमबार अभद्र ऐनअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

स्याङजा । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त अर्जुनचौपारी गाउँपालिका-२ बस्ने ५२ वर्षीय पोत बहादुर रोकाहालाई शनिबार प्रहरीले पक्राउ गरेको छ

कैलाली । आफ्नै पति धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई

भोजपुर । आफ्नै श्रीमती ४० वर्षीया छोती शेर्पाको हत्या गरेको अभियोगमा भोजपुर सापासिलिछो गाउँपालिका-५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई