Lifestyle Portal
  •   ३ जेष्ठ २०७९, मंगलवार

एएफसी महिला एसियन छनोट : हङकङविरुद्ध खेल्दै नेपाल, जित्नैपर्ने दबाब

५ आश्विन २०७८, मंगलवार १६:१३

काठमाण्डौ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल स्थानीय समयअनुसार साँझ ६ बजे सुरु हुनेछ ।

यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग अन्तिम समय सम्हालिन नसक्दा पराजित हुन पुगेको थियो । विमल चौधरीको हेडिङ गोलसँगै खेलमा अग्रता बनाएको नेपाल अन्तिम २ मिनेटमा दुई गोल ब्यहोर्न पुगेको थियो ।

एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रने छ । एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब छ ।

प्रशिक्षक ग्यारी फिलिप्सले हङकङविरुद्ध समेत पहिलो खेलकै सुरुवाती एघार खेलाउन सक्छन् । पहिलो खेलमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेसँगै उनले सुरुवाती एघारलाई नै निरन्तरता दिन सक्छन् ।

समूह एफ मा फिलिपिन्स तीन अंक सहित शीर्षस्थानमा छ । समूहको शीर्ष टोली भारतमा हुने एएफसी महिला एसियन कपमा छनोट हुनेछ । न्यूजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमाले १५९ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एमाले १८२ ठाउँको उपमेयर र