घरेलू उपचार तथा घरेलू उपचार विधि भनेको के हो?


प्राकृतिक चिजबिजहरु प्रयोग गरि गरिने घरेलू उपचार यस्तो उपचार हो जुन घर मैं सजिलै उपलब्ध सामाग्रीहरुबाट तयार हुन्छ । जस्तो कि फलफुल, तरकारी, घाँस, मसाला तथा जडीबूटिहरु आदि । यि प्राकृतिक चिजबिजहरु बिना कुनै कठिनाई हाम्रो भान्साघरमा विभिन्न परिकार तयार पार्ने क्रममा अथवा घर बाहिर जतासुकै सहजै उपलब्ध हुन्छ ।

सामान्य तथा सबैमा देखिने रोगहरुबाट बच्न तथा सामना गर्न यस प्रकारको उपचार हाम्रो भान्साघरमा सधै अनिवार्य रुपमा रहने वस्तुहरुबाट तयार गर्न पनि सजिलो छ । यस्तो वस्तुहरु सामान्यतयाः स्याउको चुक (Apple Cider/Vinegar), लसुन, अदूवा, दही, घ्यूकुमारी (Aloe vera), बोरिक एसिड, फोलिक एसिड, टमाटर, काँचो प्याज, चियापत्तीको बिरुवाको तेल, बदाम, दालचीनी/दाखचीनी, कागतीको रस, दाख, अण्डा-फूल, बेसार, ग्रीन-टी, बेकिङ सोडा, मह इत्यादि ।

कसका लागि घरेलू उपचार गर्न सकिन्छ?
घरेलू उपचारहरुको एक सामान्य विशेषता के हो भने, विशेषगरी यो एक सामान्य व्यक्तिद्वारा पनि उपयोग गर्न सकिन्छ । यसका लागि कुनै विशेषज्ञको आवश्यकता पर्दैन । तर कुनैपनि घरेलू उपचार गर्दा त्यस उपचारसँग सम्बन्धीत उचित विधिको ज्ञान भने अवश्य लिएको हुनुपर्छ र यो हरेक उमेर समूहका लागि उपयोगी छ ।

उपचार विधिका लागि तपाईंले कुनै रकेट साइन्स बुझिरहनु अथवा पढीरहनु पर्दैन, तपाईंले जुन स्वास्थ्य समस्यालाई ठिक गर्नुपर्नेछ त्यसको उपचार विधिबारे सामान्य चेतना तथा त्यस उपचार विधिमा प्रयोग हुने चिजबिजहरुको औषधिय गुण केहो भन्ने सामान्यज्ञान मात्र थाहा पाए पुग्छ ।

प्राकृतिक उपचार विधिलाई तपाईंले अद्वितीय तथा आनन्ददायक पाउनुहुनेछ । किनकी यस विधिबाट तपाईले आफ्नो स्वास्थ्य समस्या समाधान गर्न सक्नुहुनेछ । घरमा उपलब्ध ति हरेक वस्तुहरुको कुनै न कुनै औषधीय गुण रहेको हुन्छ, त्यसकारण ति वस्तुहरुको प्रयोग सामान्य स्वास्थ्य समस्या भएका बेला गर्ने गरिन्छ ।

सामान्य स्वास्थ्य समस्या भनेको के-के हो?
जस्तैः मुख गन्हाउने, अनुहारको चाँया पोतो, छालासँग सम्बन्धीत समस्याहरु दिनाई, खटिरा, कपालको चाँया, कपाल झर्ने, यिस्ट संक्रमण, टाउको दुख्ने, पेट दुख्ने, ज्वरो, स्वासप्रस्वासमा देखिने संक्रमण (रुघा, खोकी, फ्लू) जोर्नी दुख्ने, अपच, मोटोपन, झाडा-पाखाला आदि ।

घरेलू उपचारले कसरी आफ्नो काम गर्छ?
अधिकांश घरेलू उपचार केन्द्रित सामग्रीहरुले विभिन्न किसिमबाट जिवाणुहरुका कारण हुने सामान्य रोगहरुको निवारण गर्दछ, जस्तैः

यो विधिबाट उपचार गर्दा सूक्ष्मजीवहरुलाई मार्ने गर्दछ साथै यसलाई फैलिनबाट पनि रोक्दछ ।
शरीरलाई हानी गर्ने जीवाणुहरुको महत्वपूर्ण प्रक्रियाहरुलाई रोक्ने अथवा ति प्रकृयाहरुलाई प्राकृतिक रुपमा हस्तक्षेप गर्ने कार्य गर्दछ । त्यस्ता प्रकृयाहरु जस्तै सूक्ष्मजीवहरुको अस्तित्वलाई पुनः ब्यूँताउन सक्ने, ब्याक्टेरियाले निर्माण गर्दै बढाउने सेलको पर्खाललाई रोक्न सक्छ, यस्तो सेलहरु बढ्दै गएमा यिस्ट संक्रमण हुनसक्छ ।
घरेलू उपचार विधिले शरीरभित्र सूक्ष्म जीवहरु जीवित रहनका लागि अनुकूल वातावरण तयार हुन दिंदैन ।
घरेलू उपचार विधिले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबूत गरेर शरीरलाई सूक्ष्म जीवहरुसँग लड्न सक्षम बनाउछ ।

घरेलू उपचारका फाइदाहरुः
पछिल्ला समयहरु सहज छन्, विशेषगरि इन्टरनेटको सहज पहूँच । इन्टरनेटमा प्रमाणित तथा विश्वस्नीय प्राकृतिक उपचारसँग सम्बन्धीत कैंयन वेब सामाग्रीहरु सहजै घरमैं उपलब्ध हुन्छन् । घरेलू उपचारको कैंयन फायदाहरु छन्, यही कारणले गर्दा सदियौंदेखि हाम्रा हजूरआमा, बज्यैको पालादेखि नै घरेलू उपचार विधिका अनेक प्रभावकारी उपायहरु पीढी दर पीढीसम्म पुगेको छ । यसका प्रमुख फाइदाहरु निम्नलिखित छन्:

घरेलू उपचार विधि अपनाउन तथा त्यसका लागि आवश्यक सामाग्रीलाई खोजेर औषधीको रुपमा तयार गर्न सजिलो छ । यसका लागि कुनै विशेषज्ञताको आवश्यकता छैन । उपलब्ध जानकारीको आधारमा घरमा उपलब्ध जो कोहीले पनि त्यस्ता औषधीहरु तयार पार्न सक्छन् ।
घरेलू उपचार विधिले शरिरलाई पुर्र्याउने हानी अथवा प्रभाव अत्यन्तै न्यून हुन्छ र औषधीय गुण अत्यन्त हलुको हुन्छ ।
घरेलू उपचारमा प्रयोग गरिने वस्तुहरुमा सामान्यतया कुनै यस्तो रसायन हुँदैन, जसले तपाईंको शरीरलाई कुनै हानी गरोस् ।
घरेलू उपचार आर्थिक हिसाबले सस्तो छ भने यसका लागि आवश्यक सामाग्रीहरु बजारमा, घर वरपर सहजै उपलब्ध हुन्छ ।
कैंयन रोगहरुको उपचारमा घरेलू उपचार विधि अत्याधिक प्रभावकारी पनि देखिएका छन् । जस्तैः यदि तपाईंको निरन्तर टाउको दुखिरहन्छ भने आधा कागतीलाई टाउकोमा निचर्नुहोस् र १० मिनेट कुर्नुहोस् दुखेको टाउको ठिक पार्न कागतीले जादूयी चमत्कार गर्नेछ (टाउकोमा कागती निचोरीसकेपछि घस्ने अथवा हार्ड मसाज गर्ने काम नगर्नुहोस् । औंलाको सहयोगमा टाउकोको तालु लगायतको माथिल्लो भागमा विस्तारै दल्नुहोस् ) ।
एउटै घरेलू उपचार विधिले कैंयन स्वास्थ्य समस्याहरुको उपचारमा सहयोग गर्छ ।


Loading comments...