Lifestyle Portal
  •   ८ जेष्ठ २०७९, आईतवार

तर्क न्याय : लघुकथा

६ आश्विन २०७८, बुधबार २०:५२

लोकप्रिय

छिमेकीको बारीमा फलेको अम्बा उसले चोरेको हुनाले छिमेकीहरुले उसलाई चोर भने। गाली गर्दै बेइज्जती गरे। गाली बेइज्जती गर्नेहरुसँग उसले प्रश्न गर्यो ‘बारींमा फलेको अम्बा टिप्ने कार्य कसरी चोरी भयो? बाटोमा, पाकेको अम्बा देखेर जो सुकै पनि लोभिन सक्तैन र? एउटा जाबो अम्बा टिपेको त हो नि, सुन चाँदी रुपैयाँ पैसा हिरा जवाहरात चोरेको हो र? घर भित्र प्रवेश गरेर चोरी गर्ने पो चोर, मैले त बाटोमा हिँड्दा हिँड्दै टिपेको हो, चोरी गरेको हो र? घर भित्र पसेको छु? फलफूल जस्तो लोभिने कुरा सबैले देख्न सक्ने ठाउँमा फलाएर बाटो हिड्नेलाई लोभ्याउनु अनि टिपे पछि चोर्यो भनि उसलाई गाली गर्नु उचित हो? कसैले सजिलै देख्न सक्ने ठाउँमा फलफूल रोप्ने मान्छेको ठूलो भूल होइन र’?

चोर भनी आरोप लागेको व्यक्तिको प्रश्न सुनेर उपस्थित सबै ऊसँग सहमत भए। अनि सन्तुष्ट पनि। त्यस्तो ठाउँमा अम्बा किन रोपेको भनी रुख रोप्नेलाई गाली गरे।

चोरीको आरोपबाट मुक्ति पाएको त्यो व्यक्ति खुसी हुँदै घरतिर लाग्यो। घरभित्र प्रवेश गरे पछि उसको बारीबाट तरकारी चोरी भएको थाहा पायो। घरको छेउमा उभिएको एक व्यक्तिमाथि शङ्का गर्दै ऊमाथि चोरी गरेको आरोप लगायो।

त्यहाँ उपस्थित भएका व्यक्तिहरु तिर हेर्दै उसले भन्यो ‘यो चोर हो। यसले मेरो बारीमा फलेको तरकारी चोर्यो। यो मोरो चोरलाई यत्तिकैमा छाड्नुहुँदैन। छाडे भने यसको हिम्मत बढेर जानेछ। आज तरकारी चोर्यो, भोलि सुनचाँदी रुपैया पैसा, अनि पछि………….? यसको दुबै हात नै काटि दिनु पर्दछ। न हात रहन्छ न यसले चोरी गर्न सक्छ। हात रहे भने फेरि यसले …….। चोरी गर्नु ठूलो अपराध हो। अपराधीलाई कठोर सजाय दिनुपर्दछ, कानुनी राज्यमा, न्यायिक समाजमा। अपराधीलाई सजाय दिन नसक्नु पनि ठूलो अपराध हो’। यति भनी सके पछि उसले आफ्नो हातमा रहेको खुकुरी माथि उचाल्दै त्यो व्यक्ति, जसलाई उसले चोर भनेको थियो, को दुबै हात काटि दियो। त्यहाँ उपस्थित सबै व्यक्तिहरु चोरले उचित सजाय पायो भनी सन्तुष्ट भए। हात काटे पछि त्यो व्यक्ति कार्यकर्ता भेलालाई सम्बोधन गर्नु पर्ने छ, ढिलो भयो भन्दै सडक तिर लम्क्यो।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ जना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ

केही फरक हो म तिमीभन्दा फरक देख्छु म तिमीभन्दा फरक लेख्छु तिमी जिन्दगीलाई आशा छरिएको लोकतन्त्र ठान्छौ र म जिन्दगीलाई

थिएन भनौ भने मास्टर पास भएको कागजको खोस्टो थियो तर त्यो कागजको कदर थिएन त्यहाँ लखर लखर एउटा अफिसबाट अर्को

गोकुलले मतिर हेर्दै भने ‘जे कुरा देखेर आयो अन्त कतै, त्यो आफ्नो घरमा पनि हुनु पर्ने। नयाँ कुनै कुरा देख्यो,