Lifestyle Portal
  •   ११ जेष्ठ २०७९, बुधबार

डा. भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार अपहरणकारी ११ वर्षपछि पक्राउ

६ आश्विन २०७८, बुधबार २२:०८

काठमाण्डौ । बिपि कोईराला क्यान्सर अस्पताल भरतपुरका तत्कालिन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी नुवाकोट बिदुर नगरपालिका-१२ मुलाबारी घर भएका ४५ वर्षीय राजेन्द्र कुमार पण्डित भन्ने राजेन्द्र पण्डितलाई घटनाको ११ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

२०६७ जेठ ४ गते चितवन भरतपुर महानगरपालिका-१० हाकिमचोकस्थित सडकबाट १२/१५ जनाको अज्ञात समूहले अपहरण गरी लगी १९ दिनसम्म बन्धक बनाई राखेकोमा फिरौती वापत १ करोड १० लाख रुपैयाँ मूल्य बराबरको ३ किलो सुन लिएपछी जेठ २२ गते अपहरण मुक्त गरी फरार रहेका उनलाई भारतको विभिन्न स्थानहरुमा लुकीछिपि बसेकोमा नेपाल आएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट फेला पारी पक्राउ गरेको हो ।

उनीउपर पुनरावेदन अदालत हेटौंडाबाट २०७० माघ २१ गते अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा

मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै

वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी,

काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो