Lifestyle Portal
  •   ८ कार्तिक २०७८, सोमबार

६६औं प्रहरी दिवस २०७८ को अवसरमा ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

७ आश्विन २०७८, बिहीबार २२:३९

काठमाण्डौ । ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बिहीबार आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रहरी उपरीक्षक डा. सुरज रानाको नेतृत्वमा १३ जना चिकित्सकको टोलीले उपत्यकास्थितका महिला प्रहरी कर्मचारीहरु, ट्राफिक प्रहरी कर्मचारीहरु र तिनका आश्रित बालबालिकाहरु समेत गरी २ बालक सहित १ सय ११ जना पुरुष र २ बालिका सहित ९२ जना महिला गरी जम्मा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरेको हो । साथै परीक्षणको आधारमा आवश्यक औषधि समेत वितरण गरिएको थियो ।

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप र नेपाल प्रहरी अस्पताल महाराजगंजको संयुक्त आयोजनामा “महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, बालबालिका सम्बन्धी रोगहरु र ट्राफिक प्रहरी कर्मचारीहरुको छातीको रोग सम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम” अन्तर्गत उक्त परीक्षण गरिएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापा लगायत संघका पदाधिकारीहरु, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई लगायतका प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

यो समस्या महिलामा बढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै

हामीले खाएको खानाबाट प्राप्त हुने प्रोटीनबाट शरीरमा पाचनक्रिया पश्चात बन्ने विभिन्न बिकारहरु मध्ये युरिक एसिड पनि एक हो । शरीरमा

लाइभमाण्डू । तपाईंका साथ कहिले यस्तो भयो जतिबेला तपाईंले तात्तातो चिया, कफी या सुपको एक चुस्की (सीप) लिनुभो र त्यो

कामको दबाव तथा निन्द्राको कमीका कारण महिलाहरुमा हृदयघात तथा स्ट्रोकको खतरा बढ्दै गएको छ । एउटा अध्ययनका अनुसार, फुल टाइम