म्यानमारमा हिंसाः थान्तलाङ सहरको आधा जनसंख्या विस्थापित


एजेन्सी, यांगुन । म्यानमारकोे सेना र विद्रोहीबीच जारी हिंसामा एउटा सहरका आधाभन्दा बढी विस्थापित भएका छन् । पश्चिम म्यानमारको चीन राज्यको थान्तलाङका बासिन्दा विस्थापित भएका हुन् । सेनाले सो सहरमा अन्धाधुन्दा गोली प्रहार गर्नुका साथै घरमा आगजनी गरेको छ ।

करिब १० हजार मानिस बसोबास गर्ने थान्तलाङको आधाभन्दा बढी जनसंख्या विस्थापित भइ भारत, बंगलादेशलगायतका देश पुगेका छन् । सेनाको दमनपछि भारतको मिजोराम राज्यमा मात्र एक सातामा म्यानमारबाट साढे पाँच हजार जना पुगेको त्यहाँको नागरिक समाज समूहले जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्विरमा थान्तलाङमा कम्तिमा २० ओटा घर जलेर ध्वस्त भएका छन् । आगो निभाउन गएका एक क्रिष्चियन पादरीलाई सेनाले गोली हानेर हत्या गरिदिएको थियो । यही १ जनवरीमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकी नेतृत्वको सरकारलाई सेनाले अपदस्थ गरेपछि देशभर बिरोध प्रदर्शन भइरहेका छन् ।


Loading comments...