कांग्रेस अधिवेशनः काभ्रेको अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृत बेपत्ता, अधिवेशन स्थगित !


काभ्रे । नेपाली कांग्रेसको १४ औं अधिवेशन, काभ्रेका लागि केन्द्रबाट पठाइएका निर्वाचन अधिकृत राजेन्द्र लामिछाने पूर्वसूचना बेगैर बेपत्ता भएका छन् ।

का‌ग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यका अनुसार निर्वाचन अधिकृत राजेन्द्र लामिछाने बिनासूचना बेपत्ता भएका हुन् । आचार्यले सामाजिक स‌जालमा लेखेका छन्, ‘मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधिसमेतको सुनिश्चित नभएको कारण भोलि हुने भनिएको पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सम्बद्ध सबै साथीहरूलाई जानकारी गराइन्छ ।’


Loading comments...