Lifestyle Portal
  •   १४ माघ २०७८, शुक्रबार

को-को छन् खोटाङ कांग्रेसका पालिका सभापतिका आकांक्षी ?

९ आश्विन २०७८, शनिबार २३:०१

खोटाङ । नेपाली कांग्रेसले अधिवेशनमार्फत खोटाङका १० वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसको १४औँ महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनअन्तर्गत यहाँका दुईवटा नगरपालिका र आठ वटा गाउँपालिकामा शनिबार हुने पालिका अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको हो ।

नगर तथा गाउँपालिका सभापतिका लागि यहाँ कम्तीमा समूहगत २० जना आकांक्षी देखिएका छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा नगर सभापतिका लागि प्रकाश श्रेष्ठ र रामचन्द्र राई चुनावी मैदानमा उत्रिएका छन् । हलेसी तुवाचुङ नगरपालिकाको सभापतिमा चक्रकुमार राई र रमेश राउतबीच प्रतिस्पर्धा हुँदै छ । केपिलासगढी गाउँपालिकामा हेमन्त राई र गोपाल राई, साकेला गाउँपालिकामा राम साम्पाङ, विजय गुरुङ र सिजन राई, खोटेहाङ गाउँपालिकामा राजु ढकाल र प्रेम थापा, जन्तेढुंगा गाउँपालिकामा बाजिन्द्र बिष्ट र अमित राईबीच प्रतिस्पर्धा हुने कांग्रेस स्रोतले जनाएको छ ।

यसरी नै बराहपोखरी गाउँपालिकामा खिलाराज राई र जीवन राई चुनावी मैदानमा छन् । यद्यपि, बराहपोखरी गाउँपालिकामा सहमतिमा नेतृत्व चयनको प्रयास भइरहेको जनाइएको छ ।

ऐँसेलुखर्क गाउँपालिकामा सन्तवीर तामाङ र रावाबेँसी गाउँपालिकामा फटिक श्रेष्ठ सहमतिमै पालिका सभापतिमा चयन हुने निश्चित जस्तै भएको स्रोतले बताएको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अमृत गिरी कांग्रेसको पालिका सभापतिका बलियो उम्मेद्वार देखिएका छन् । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

पर्सा, वीरगञ्ज महानगरपालिका-१३ तेजारथ टोलमा रहेको मधेश प्रदेशका मुख्यमन्त्रीको निजी निवासमा ढुङ्गा प्रहार गरेको अभियोगमा सोही महानगरपालिका-१ ठेगाना भएका २६

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले ४० प्रतिशत मत ल्याउने पक्षलाई पाखा पारेर निर्वाचनमा कसरी पहिलो पार्टी बनाउनुहुन्छ भन्दै प्रश्न

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यलयका कर्मचारीहरूलाई कोरोना भाइरस संक्रम पुष्टि भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण भेटघाट बन्न