२२ वर्षीया रामदेवीको कांग्रेस क्षेत्रीय उपसभापतिमा उम्मेद्‍वारी


खड्क सुनार/न्युज कारखाना, मुगु । नेपाली कांग्रेस मुगु ‘क’बाट युवा नेतृ रामदेवी खड्काले क्षेत्रीय उपसभापतिमा दाबी गरेकी छन् । उनले क्षेत्रीय उपसभापतिमा उम्मेद्‍वारी दिएकी हुन् ।

सानै उमेरदेखि राजनीतिमा सक्रिय खड्का नेपाल विद्यार्थी संघ मुगुकी सदस्य हुन् । उनले मेची-महाकाली बुहारी संघको सदस्य र युवा सजकताको सचिव भएर काम गरिसकेकी छन् ।

उनले आफूले सानैदेखि पार्टीमा पुर्‍याएको योगदानको सबैले कदर गर्ने विश्वास लिएकी छन् । क्षेत्रीय सभापतिमा युवा नेता विष्णुकुमार भाम, उपसभापतिमा टुण्डुल लामालगायतले उम्मेद्‍वारी दिएका छन् ।


Loading comments...