
मनाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन
१० आश्विन २०७८, आईतवार ०८:४८
पोखरा । नेपाली कांंग्रेसको १४औं महाधिवेशनअन्तर्गत हिमाल पारिको जिल्ला मनाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
शनिबार चार वटै पालिकामा नेतृत्व चयन गरिएको हो । नाशों गाउँपालिकाको सभापतिमा हुपजंग गुरुङ चयन भएका छन् । उनी वडा नम्बर ८ का वडाध्यक्षसमेत हुन् ।
चामे गाउँपालिका सभापतिमा पेम्बा दोर्जे लामा निर्वाचित भए । नार्पाभूमि गाउँपालिकाको सभापतिमा पालिका अध्यक्ष मिङ्मा छिरिङ लामा चयन भएका छन् ।
मनाङ ङिस्याङ गाउँपालिका सभापतिमा कान्छा गुरुङ चयन भएका छन् । नाशों, चामे र ङिस्याङमा ३५ तथा नार्पाभूमीमा २३ सदस्यीय कार्यसमिति चयन भएको पार्टी जिल्ला सचिव सुरेन्द्र गुरुङले जानकारी दिए । न्यूजकारखाना
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले
काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा
मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै