Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

कांग्रेस अधिवेशन : खोटाङका चार पालिकामा सर्वसहमत, पाँचमा निर्वाचन

१० आश्विन २०७८, आईतवार ०८:५८


खोटाङ, न्युजकारखाना । खोटाङका चार पालिकामा सर्वसहमतीमा कांग्रेस नगरसभापति चुनिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये शनिबार भएको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा सहमतिमा सभापतिको चयन गरिएको हो ।

ऐसेलुखर्क गाउँपालिकामा सन्तबीर तामाङ, बराहपोखरी गाउँपालिकामा दीपक राई (खिलाराज), रावाबेँसी गाउँपालिकामा फटिक श्रेष्ठ र साकेला गाउँपालिकाका विजय गुरुङ (भलाकाजी) सभापति चुनिएका हुन् ।

यस्तै, चुनावी प्रक्रियाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रकाश श्रेष्ठ, जन्तेढुंगा गाउँपालिकामा बाजिन्द्र विष्ट र खोटेहाङ गाउँपालिकामा प्रेम थापा पालिका सभापतिमा विजयी भएको कांग्रेसले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकाको निर्वाचनको मत परिणाम आउन बाँकी छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको अधिवेशन एक दिनपछि सरेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको वडाअधिबेसनको विषयलाई लिएर आइतबार बिहान १० बजेदेखि अधिवेशन सुरु गर्ने सहमति भएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले

काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलले कार्यालय समयमा तास खेलिरहेको अवस्थामा पाइएको छ। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको

नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद (नारायण प्रकाश साउद)लाई भारतका विदेशमन्त्री डा एस जयशंकरले बधाई दिनुभएको छ । नेपाली कांग्रेसका नेता

काठमाडौँ महानगरपालिका का मेयर बालेन साहले आजबाट पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात भएको घोषणा गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक