फुटसल लिग : पाहुनालाई घरेलु टोलीको दवाव


पोखरा । घरेलु टोली स्पोर्ट्स क्यासल पोखरामा जारी ए डिभिजन फुटसल लिगको शीर्षस्थानमा उक्लिएको छ । पोखरा रंगशाला फुटसल कोर्टमा भएको खेलमा लुम्बिनी फुटसल क्लबलाई १२–१ को फराकिलो गोलअन्तरले हराउँदै १० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो ।

अर्को घरेलु टोली सविन मेमोरियल भने दोस्रो स्थानमा झरेको छ । सविनले कूल चार खेलबाट नौ अंक जोडेको छ । समान खेल खेलेको क्यासलले अपराजित रहँदै शीर्षमा स्थान कायम गरेको हो ।

क्यासालले तीन खेलमा जित र एक खेल बराबरी खेलको छ । क्यासलले उपाधि दाबेदार मानिएको ढुकु फुटसल हवसहित प्रभातफेरी युथ क्लबलाई पराजित गरेको हो । शंखमुलसँग भने बराबरी खेलेको छ ।

दोस्रो स्थानको सविनले तीन खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । सविनले मछिन्द्र स्काइ गोल्स, झरना स्पोट्र्स क्लब र लुम्बिनी फुटसललाई हराएको छ भने ढुकु फुटसलसँग पराजित भएको छ ।

द राइजिङ धरान गोलको आधारमा तेस्रो स्थानमा छ । राइजिङको नौ अंक छ भने शंखमुल आठ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।

मछिन्द्र ६ अंकका साथ पाँचौँ, धरान पाँच अंकका साथ छैटौँ, ढुकु र लुम्बिनीको समान चार अंक छ । प्रभातफेरी भने चार खेलबाट एक अंकसहित तालिकाको पुछारमा पुगेको छ । न्युजकारखाना


Loading comments...