Lifestyle Portal
  •   ५ जेष्ठ २०७९, बिहीबार

मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै कुर्नुपर्ने, मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई

१० आश्विन २०७८, आईतवार २२:४१

काठमाण्डौ । दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवासमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालनबारे शीर्ष नेताबीत छलफल भएको थियो । छलफलमा दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे नेताहरू सहमत भएको र मन्त्री छान्ने जिम्मा पार्टीका शीर्ष नेतालाई दिइएको छ ।

बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमोका शीर्ष नेता सहभागी भएका छन् । बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने तथा एकीकृत समाजवादी दलको विषयमा अदालतको आदेश कुुर्नुपर्ने विषयमा छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पत्रकारहरूलाई जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले दलका नेताहरूलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए । तर, एकीकृत समाजवादी र जसपाका नेताले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न संसदमा प्रस्ताव दर्ता भएपछि मात्र मन्त्रीको नाम दिने बताएको प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले न्युज कारखानालाई बताए । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आउनुहोस् यस आलेखमा अमेरिकामा भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको छ त्यसबारे चर्चा गरौं। भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल