‘अटिजम’पीडित यी किशोर जो तीन महिनादेखि जेलमा छन्


एजेन्सी, नोम पेन । राजनीतिक दलका नेताबिरुद्ध गालीग्लौज गरेको अभियोगमा कम्बोडियामा एक किशोरलाई कैद गरिएको छ । सत्तारुढ पार्टीका नेताबिरुद्ध टेलिग्राममा विवादास्पद बिचार पोस्ट गर्ने काक सोभान चायलाई सरकारले कैद गरेको हो ।

उनी जुनमा पक्राउ परेका थिए । त्यसपछि अहिलेसम्म उनले परिवार देख्न पाएका छैनन् । सरकारले उनीमाथि लगाएको मुद्दाका कारण परिवार चिन्तित छ । विश्व मानवअधिकार संगठनले समेत चायलाई तत्काल रिहा गर्न तथा उनको मानवअधिकार सुनिश्चितता गर्न कम्बोडियाली सरकारसँग अपिल गरेको छ ।

१६ वर्षीय किशोर सोभानको जीवन सहज छैन् । अटिजमबाट पीडित उनी एक दुई शब्द भन्दा बोल्न सक्दैनन् । बोल्न नसके पनि राजनीतिमा उनको रूची छ ।

उनका बाबु काक कोमफेर अहिले जेलमा छन् । उनी कम्बोडिया नेसनल रेस्क्यु पार्टी (सीएनआरपी) का वरिष्ठ नेता हुन । सीएनआरपीलाई प्रतिबन्ध लगाएपछि उनी पक्राउ परेका थिए ।

सरकारले सीएनआरपीलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धअगाडि उनले सीएनआरपीको कार्यक्रममा छोरालाई पनि लैजान्थे ।

सोभानको घरका कोठा सीएनआरपीको झन्डा, पार्टी नेता र खमेर वंशका शासकको तस्बिरले सजाइएको छ ।

तर, अहिले कारागारभित्र रहेको उनको वेडरूम कैदीको भिडले भरिएको छ । उनले तीन महिनादेखि आफ्ना बाबुआमा भेट्न पाएका छैनन् ।

उनले पोस्ट गरेको सामाग्रीबारे केही खुलाइएको छैन् । तर, आफ्ना बाबुलाई सत्तारुढ दलका केही नेताले देशद्रोही भनेपछि उनी क्रुद्ध बनेको काककी आमा बताउँछिन् ।

विवादास्पद सामाग्री पोस्ट गरेपछि हतियार बोकेका २० जना प्रहरीले उनको घर घेराउ गरेका थिए । ६ जना प्रहरी घरभित्र पसेर सोभानलाई हथकडी लगाइ कारभित्र राखेर लगेका थिए । नेताबिरुद्ध गालीग्लौज र उत्तेजक अभिव्यक्ति दिएको अभियोगमा उनलाई कैद गरिएको छ ।


Loading comments...