Lifestyle Portal
  •   २० माघ २०७९, शुक्रबार

कांग्रेस महाधिवेशन : प्रदेश १ का दुई उपमहानगरमा संस्थापन पक्ष पराजित

१० आश्विन २०७८, आईतवार २३:२१

लोकप्रिय

प्रकाश तिम्सिना/न्युज कारखाना, सुनसरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार पराजित भएका छन् । सुनसरीको इटहरीमा हेमकर्ण पौडेल र धरानमा श्याम पोखरेल निर्वाचित भएका हुन् ।

आइतबार बिहान सम्पन्न मत गणनाअनुसार इटहरी नगर सभापतिमा पौडेल तेस्रो पटक निर्वाचित भएका छन् । कुल चार सय ८२ मतमध्ये पौडेलले देउवा पक्षका उम्मेदवार विकास केसीलाई ४२ मतले पराजित गरेका छन् । पौडेलले दुई सय ५३ मत प्राप्त गरेका हुन् भने केसीले दुई सय ११ मत प्राप्त गरे । यसअघि १२औँ महाधिवेशनमा पौडेल सर्वसहमत सभापति भएका थिए । १३औँ महाधिवेशनमा पनि केसी पौडेलसँगै पराजित भएका थिए ।

इटहरी नगर समितिको दुई उपसभापति कोविद कार्की पौडेल पक्षबाट विजयी भए भने र बालकृष्ण विष्ट देउवा पक्षबाट विजयी बने । नगर सचिवमा केसी प्यानलका मन्दिप भट्टराई र हेमकर्ण प्यानलका विक्रम घिमिरे निर्वाचित भए । त्यस्तै सहसचिवमा पौडेल प्यानलका ईश्वर तामाङ र विकास प्यानलका मेनुका गिरी निर्वाचित भएका छन् । इटहरी नगर समितिका ३१ पदका लागि ६७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।

त्यस्तै, सुनसरीकै धरान उपमहानगरमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । नगर सभापतिमा एन्फाका वरिष्ठ केन्द्रीय उपाध्यक्षसमेत रहेका देउवा पक्षका उम्मेदवार किशोर राईलाई हराउँदै पौडेल पक्षका श्याम पोख्रेलको प्यानल नै विजयी भएको छ । पौडेल समूहका पोखरेलले ३९ मतले किशोर राईलाई पराजित गरेका छन् । पोखरेलले दुई सय ६२ र राईले दुई सय २३ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा नरेन्द्र कुमार राई (प्रवीण)ले दुई सय ९० र सन्तोष लिम्बूले दुई सय २३ मत ल्याएर विजयी भएका छन् । राई प्यानलका महेन्द्र तामाङले एक सय ८३ र राजकुमार थोप्राले दुई सय १८ मत प्राप्त गरे । नगर सचिवमा पोखरेल प्यानलकै उम्मेदवार जितेन्द्र राईले दुई सय ५९ र हिमाल श्रेष्ठले दुई सय ९६ मत ल्याएका छन् । राई प्यानलकी रुक्मणि गौतम (कोपिला)ले एक सय ९५ र सुमन श्रेष्ठले एक सय ७१ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री

काठमाडौं, १४ पुस । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ

काठमाडौं – आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा