बेलायतको फर्जी नागरीक बनी अनलाईन ठगी गर्ने ब्यक्ति पक्राउ


पीडितको उजुरीका अनुसार सामाजिक संजाल फेसबुक (Facebook) मा आफ्नै महिला साथिलाई K.D. Gorkhali नामको आईडी बाट Friend Request पठाई साथी बनी म बेलायत (UK) को लाहुरे हुँ, हाल UK मा छु भनि तिमिलाई माया गर्छु, तिमिलाई UK लैजान्छु, मेरो श्रीमती इटहरीमा सवारी दुर्घटनामा परी मृत्यु भएको हो, छोराछोरी लण्डलमा होस्टल राखेको छु, नेपालमा आमा हुनुहुन्छ भनी विश्वासमा पारी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

गत भाद्र १६ गते मेसेन्जरमा फोन तथा म्यासेज गरी भोजपुर, साल्पासिलिछो गाउपालिका वडा नं. ४ लिम्खिया हाल काठमाण्डौ, बुढानिलकण्ठ वडा नं. १० चुनिखेलका ३१ वर्षिय केदार राईले “मेरो आमा कलेजोको रोगी भई बिरामी परेको र ग्राण्डी अस्पतालमा उपचारत रहनु भएकोले केहि रकम आवश्यक परेको छ” मेरो दाई लिन आउनुहुन्छ भनी विश्वासमा पारी पटक पटक गरी पीडितबाट जम्मा हालसम्म १,६०,५००/– (एकलाख साठ्ठी हजार पाँच सय) समेत सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री लगायतको धनमाल आफै लिई ठगी गरेका छन् ।

पीडितले गरेको उजुरीको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले केदार राईलाई पक्राउ गरी ठगी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत बौद्धमा पठाईएको छ ।


Loading comments...